स्ववियु निर्वाचनको कार्य तालिका सार्वजनिक गर्न माग
काठमाडौँ - अनेरास्ववियुले त्रिभुवन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्य तालिका सार्वजनिक गर्न विश्वविद्यालयसंग माग गरेको छ ।
आज यहाँ पत्रकार सम्मेलनमा अनेरास्ववियु अध्यक्ष नवीना लामाले फागुन १४ गतकोे निर्वाचनका लागि धेरै समय बाँकी नभएकाले एक हप्ताभित्र कार्य तालिका सार्वजनिक गर्न माग गरेकी हुन् ।
उनले त्रिविले तोकेको विधि र प्रणालीमा केही फरक मत भए पनि निर्वाचनको सुनिश्चिताका निर्वाचन प्रक्रियामा सहभागी हुने बताइन् ।
अध्यक्ष लामाले स्ववियु निर्वाचनलाई सभ्य, स्वच्छ, अनुशासित, मर्यादित मितव्ययी, पारदर्शी र भयरहित ढङ्गबाट सम्पन्न गर्न वातावरण बनाउन समेत माग गरिन् ।
उनले भनिन्, “विगतमा पनि स्ववियु निर्वाचनको मिति घोषणा गरेर पनि नभएको इतिहास हामीसँग छ । अबको निर्वाचनमा पनि परिणाम आफ्नो पक्षमा पर्छ कि पर्दैन भन्ने त्रासबाट प्रेरित भएर निर्वाचनको वातावरण बिथोल्ने वा असहजता निर्माण गर्र्न काम नगरौँ ।”
अध्यक्ष लामाले स्ववियु निर्वाचनलाई प्रविधिमैत्री बनाउन विद्युतीय प्रणालीबाट मतदान गर्ने व्यवस्था अवलम्बन गर्न पनि आग्रह गरेकी छिन् ।
यसैगरी अनेरास्ववियुले विभिन्न क्याम्पसमा खोलिएको विद्यार्थी कल्याण शाखा अविलम्ब बन्द गरी विद्यार्थीसँग सम्बन्धित सम्पूर्ण गतिविधि स्ववियुमार्फत सञ्चालन गर्न पनि माग गरेको छ ।
गत बुधबार त्रिविको साधारण बैठकले २८ वर्षे उमेरको हदबन्दी र मिश्रित प्रणालीमा स्ववियु निर्वाचन हुने निर्णय गरेको छ ।
प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविले २०६५ चैत ६ गतेदेखि गर्न सकेको छैन । त्रिविले पटकपटक घोषणा गरे पनि उमेर विवादका कारण निर्वाचन हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण