चिसो बढेसँगै विद्यालय बिदा, हिमपात जारी
सोलुखुम्बु - हिमपात तथा वर्षासँगै चिसो बढेपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रमा पर्ने गाविसका विद्यालयमा जाडो बिदा दिइएको छ ।
विद्यालयले नियमित दिने मिन पचासको मौसमी बिदाअन्तर्गत केही विद्यालय पुस १५ देखि नै बिदा दिइएका थिए भने अधिकांशमा आजबाट बिदा दिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक इन्द्र दाहालले जानकारी दिए ।
नाम्चे, खुम्जुङ, चौरीखर्क, जुभिङ, टाक्सिन्दुलगायतका गाविसले ४५ दिनका लागि विद्यालय बिदा गरेका छन् भने दूधकुण्ड नगरपालिका, भकाञ्जे, गोली, वाकु, बुङलगायत गाविसका विद्यालयले ३० देखी ४५ दिनसम्म बिदा दिएका मञ्जुश्री प्रावि चौँरीखर्कका शिक्षक खगिन्द्रराज बास्तोलाले जानकारी दिनुभयो । अहिले माथिल्लो क्षेत्रमा पर्ने सातभन्दा बढी गाविसमा सेताम्मे भएर हिउँ जमेको छ भने अन्य गाविसमा पनि अत्यधिक चिसो बढेका कारण घर बाहिर निस्कन मुस्किल पर्ने गरेको छ ।
वर्खे बिदा दिने तल्लो क्षेत्रका विद्यालयले पनि मौसमी बिदाबाटै कटौती हुने गरी पाँचदेखि १० दिनका लागि विद्यालय बन्द गरेको जिल्ला शिक्षा कार्यालय, सोलुखुम्बुले जनाएको छ ।
गत शनिबारबाट वर्षा र हिमपातसँगै बढेको चिसोले सोलुखुम्बुको जनजीवन नराम्ररी प्रभावित भएको छ । अहिले पनि सदरमुकाम सल्लेरीलगायतको माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण