आइएसँग आवद्ध प्रमुख फिलिपिनी मुसलमान नेताको मृत्यु
फिलिपिन्स - फिलिपिन्सको सुरक्षा फौजको कारवाहीमा तीन इस्लामिक स्टेटस (आइएस) समूहसँग आवद्धता रहेको मुसलमान लडाकु समूह अन्सरुल खिलाफा फिलिपिन्सका प्रमुख नेता मोहम्मद जाफर मागुइडको मृत्युभएको यहाँका अधिकारीले बताएकाछन् ।
मागुइड अन्सरुल खिलाफा समूहको संस्थापक नेता रहेको र उनले इराक र सिरियामा आइएसद्वारा चलाइएको अभियानमा ऐक्यवद्धता जनाउन र उनीहरुको मन जित्न फिलिपिन्समा सर्वसाधारणमाथि आक्रमण गर्दै आएका थिए ।
फिलिपिनसको अल्पसङ्ख्याक मुसलमानहरुको बस्ती रहेको मिन्डानाओमा रहेको मुसलमान समूहमध्येको एक अन्सरुल खिलाफा र अन्य विद्रोहीद्वारा चलाएका आन्दोलनमा फिलिपिन्समा कम्तिमा एक लाख २० हजार मानिसको ज्यान गएको छ ।
मागुइड र उनका तीन सहयोगीलाई दक्षिणी शहर मिन्डानाओ एक द्वीपमा अवस्थित होटेलमा बसिरहेको अवस्थामा पिछा गरिएको र होटेलबाट माग्ने प्रयास गर्दै गर्दा उनमाथि गोली चलाइएको थियोे ।
मागुइडको सन् २०१५ समूहद्वारा फिलिपिन्सको शहरी पर्वका अवसरमा सहभागी मानिसलाई लक्षित गरी विस्फोट गराएपछि उनीमाथि सुरक्षा निगरानी बढाइएको थियो ।
मागुइडको समूहले शहरमा महोत्सवमा सहभागी जनतामाथि लक्षित गरी बम विस्फोट गराउँदा १५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ नागरिक घाइत भएका प्रमुख प्रमुख उपरिक्षक सेडरिक ट्रेनले बताए ।
ट्रेनका अनुसार ३२ वर्षीय मागुइडलाई सन् २००९ मा पक्राउ गरिएको भएपछि आठ महिनापछि जेलबाट भागेका थिए । प्रहरी प्रमुख ट्रेनले प्रहरीले सन् २०१६ को सेप्टेम्बर आबmमणपछि उनलाई उच्च निगरानीमा राखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण