बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सप्तरीमा ट्रकको ठक्करबाट बालकको मृत्यु, पूर्वपश्चिम लोकमार्ग ठप्प

बिहीबार, २१ पुस २०७३, ०८ : १९
बिहीबार, २१ पुस २०७३

सप्तरी - पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना२ख ६१८० नंको मालबाहक ट्रकको ठक्करबाट आज दिउँसो खोजपुर गाविसको खर्चैया चोकमा एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा पङ्चरा गाविस–९ बस्ने लक्ष्मण रामका सात वर्षीय छोरा अर्जुनकुमार राम रहेका छन् ।

स्थानीयवासीले प्रहरीलाई शव उठाउन दिएका छैनन् । आक्रोशित उनीहरुले ट्रक तोडफोड गरी पूर्वपश्चिम लोकमार्ग ठप्प पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप