ललितपुरलाई ‘हस्तकलाको जिल्ला’ घोषणा हुन सकेन
ललितपुर - निजी क्षेत्रले लामो समयदेखि प्रयास गर्दासमेत ललितपुर ‘हस्तकलाको जिल्ला’ घोषणा हुन सकेको छैन ।
तीन वर्षदेखि हस्तकलाको जिल्ला घोषणा गर्न माग गर्दैआएको ललितपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रवीन्द्र ताम्राकारले बताए । एक जिल्ला एक उत्पादनअन्तर्गत सो माग गरिएको उनको भनाइ छ ।
“उद्योग मन्त्रालय यसमा सकारात्मक भए पनि बजेट निकासा गरेको छैन,” उनले भने । हस्तकलाको जिल्ला घोषणा हुँदा औद्योगिक क्षेत्र मात्रै नभएर सिङ्गो जिल्लाको विकासमा सहयोग पुग्ने ताम्राकारको भनाइ छ ।
हस्तकलामा धेरै नागरिक संलग्न भए पनि यसको व्यवसायीकरण हुन सकेको छैन । उनी भन्छन् – “हस्तकलामा संलग्न धेरै व्यवसायीभन्दा पनि कामदार मात्रै भएका छन् ।” हस्तकलाको जिल्ला बनाउन सकिएमा कालीगढले आफैँ फाइदा लिन सक्ने ताम्राकारको भनाइ छ ।
जिल्लामा हस्तकला परम्परागत पेसाका रुपमा रहेको छ । यहाँका धेरै व्यवसायीले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन् । नगरका भित्री भाग र अन्य टोल टोलमा धातुकला, काष्ठकलालगायत काम हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले हस्तकलालाई ४२ प्रकारमा विभाजन गरेको छ । तीमध्ये अधिकांश प्रकारका हस्तकला ललितपुरमा पाइन्छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण