बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सेक्स पार्टनरलाई रिझाउने रहस्य

बिहीबार, १३ माघ २०७३, १४ : ११
बिहीबार, १३ माघ २०७३

हामी धेरैजसो मानिसलाई उनीहरुको गन्धबाट पहिचान गर्छौं । थुप्रै पटक यो गन्ध सुगन्धित हुन्छ भने कहिलेकाँही दुर्गन्ध ।

केही मानिसहरुको शरिरबाट आउने सुगन्ध यति मादक हुन्छ कि मानिसहरु ती व्यक्तितर्फ आकर्षित हुन्छन् । यस्तै कोही मानिसको शरिर दर्गन्धित हुने भएकाले वरिपरि नै जान चाहँदैनन् ।

यदि, मानिसको शरिरबाट निस्कने यो गन्धको काम के हो ? वैज्ञानिकको मान्यता अनुसार प्रत्येक जनावरको शरिरबाट यस्तो रसायन निस्कने गर्दछ जसले उसको विपरित लिङ्गीलाई आफूतर्फ आकर्षित गर्ने गर्दछ । त्यसो भए मानिसमा पनि यस्तो हुन्छ ?

यो प्रश्नको जवाफ खोज्नका लागि संसारभरी थुप्रै ठाउँमा फेरोमोन पार्टीको आयोजना गरियो ।

न्यूयोर्कमा सन् २०१० मा एउटा यस्तै फेरोमोन पार्टी भयो जहाँ ब्रुकलिन आर्ट ग्यालरीमा केही मानिसहरु जम्मा भए । त्यहाँ केही ब्याग राखिएका थिए । त्यसमा नधोइएका लुगा भरिएका थिए ।

पार्टीमा पुगेका मानिसहरुलाई उक्त ब्याग खोलेर सुघ्न लगाइयो । जुन कपडाको गन्धले उनीहरुलाई आकर्षित गर्यो, त्यो कपडा लगाउने व्यक्तिसँग डेटमा जाने मौका दिइयो ।

कपडा सुँघेर साथी खोज्ने यो पार्टी निकै सफल रह्यो । त्यसपछि थुप्रै शहरमा यस्तो पार्टीको आयोजना गरियो । यो त्यस्ता व्यक्तिका लागि थियो जसलाई आफ्नो सुघ्ने क्षमता र विज्ञानमा विश्वास छ ।

बास्नाले आफ्ना लागि महिला वा पुरुष साथी खोज्न सकिने भन्ने बिचारलाई मानिसहरुले वर्षौंदेखि यसलाई मान्यता दिँदै आएका छन् । आफ्नो लागि सेक्स पार्टनर खोज्न सकिन्छ ।

धेरैजसो मानिसहरु यसका लागि महँगो बास्नादार परफ्युम पनि किन्ने गर्दछन् । थुप्रै अत्तरहरुमा एन्ड्रोस्टेनन नामको रसायन मिसाइन्छ । एन्ड्रोस्टेननले विपरित लिङ्गी साथीलाई यौन सम्पर्कका लागि प्रेरित गर्न सहयोग गर्ने बताइन्छ । यसको बिक्रिमा संलग्न व्यक्तिका अनुसार यस्ता अत्तरका कारण महिला उत्तेजित हुन्छ र पुरुष आकर्षण ।

यस्तै गरी एक अन्य रसायन एन्ड्रोस्टेनलले तपाईंको विपरित लिङ्गी साथीतर्फ आकर्षित गर्दछ । यस्तैगरी, अन्य फेरोमोन बजारमा यस्ता दाबीसँगै बजारमा बेचिन्छ ।

आखिर यो फेरोमोन के हो ? के वास्तवमा नै यसको मद्दतले हामी विपरित लिङ्गी साथीहरुलाई रिझाउन सक्छौं ? के वास्तविक रुपमा नै यसको मद्दतले हाम्रो लागि यौनसम्बन्धको नयाँ मौका हाँसिल हुन्छन् ? के बास्नाको मद्दतले हामी प्रेम पाउन सफल हुन्छौं ?

पहिलो पटक फेरोमोन शब्दको प्रयोग सन् १९५९ मा भएको थियो । जर्मनीका दुई वैज्ञानिक पीटर कार्लसन र मार्टिन लशले यो शब्दकाृ प्रतिपादन गरेका थिए ।

उनीहरुले जनावरको शरिरबाट केही यस्ता रसाइन निस्कने जसले विपरित लिङ्गी साथीलाई एक संकेत जस्तो हुने बताएका थिए ।

दुबै वैज्ञानिकको दाबी अनुसार जीवको विकासको प्रक्रियामा नै फेरोमोन्सको विकास भयो ता कि मानिसहरु निकै सजिलै आफ्नो लागि साथी खोजेर यौन सम्बन्ध स्थापित गर्न सकून् र सन्तान उत्पादन गर्न सकून् ।

त्यसैवर्ष जनावरको पहिलो फेरोमोनको खोजी भयो । यो पोेथी रेशमको किरामा पाइयो । जसको नाम राखियो बम्बीकोल । यो फेरोमोनले भाले रेशमको किरालाई पोथीप्रति आकर्षित गर्दथ्यो ।

मात्र एउटा मोलिक्यूलको यो प्रोटिन, मात्र यहि उद्देश्यका साथ पोथी रेशमको किराबाट निस्कन्थ्यो ।

जतिबेला फेरोमोनको खोजी भयो, हर्मोन पुरानो भइसकेको थियो । त्यसकारण संसारभरीका वैज्ञानिकले यसमा रुची लिए ।

सानो जीवदेखि मुसा, बाँदर र मानिससम्म फेरोमोनको खोजी गर्न थालियो । थुप्रै पटक यो खोजी सफल पनि भयो । विशेषगरी मुसामा  ।

केही अनुसन्धानको आधारमा मुसाको शरिरबाट एक विशेष प्रकारको फेरोमोन निस्कने पाइयो जसले विपरित लिङ्गी साथीलाई आफ्नो तर्फ आकर्षित गर्दथ्यो ।

यसलाई सुघ्नका लागि मुसाको नाकभित्र एक विशेष प्रकारको ग्रन्थी पनि पाइयो । धेरैजसो फेरोमोनलाई सेक्स फेरोमोन पनि भनियो किनभने यसले भाले र पोथीलाई एक अर्कातर्फ आकर्षित गर्दथ्यो ।

सन् १९७१ मा मानिसमा पनि फेरोमोन पाइयो भन्ने दाबी गरियो । यो दाबी अमेरिकाको म्याचुसेट्सको वेलेजली कलेजमा पढ्ने एक छात्रा मार्था म्याक्लिंटकले गरिन् ।

मार्थाको यो खोजी चर्चित विज्ञान पत्रिका नेचरमा छापियो जस अनुरुप जब केही महिला एक साथ बस्छन् तब उनीहरुको महिनावारी एकै साथ हुनथाल्छ ।

मार्थाले यो अनुसन्धान कलेजको एक हस्टेलमा सँगै बसिरहेका १ सय ३५ छात्राहरुमाथि गरिन् ।

यद्यपी, यो अनुन्धानलाई थुप्रै पटक अनुसन्धानमा ल्याइयो तर पछिल्ला वर्षहरुमा मार्थाको यो दाबी शत प्रतिशत सही हो भन्ने कुरामा खरो उत्रन सकेन ।

अक्सफोर्ड युनिभर्सिटीका ट्राईस्ट्रेम ह्वाइटले प्रत्येक कहानीकारले आफ्नो कुरा वास्तविक भएको देखाउन खोज्छन् भनी मार्थाको अनुसन्धानलाई गलत भएको दाबी गरे । पछि केही अनुसन्धानले पनि यो पूर्ण रुपमा वास्तविक नभएको स्पष्ट भयो ।

महिलाको मासिक धर्म करिब पाँच दिनसम्म रहन्छ । यस्तोमा एक दुई दिनको मेल त जो सुकैसँग पनि हुनसक्छ ।

७० को दशमा नै बेलायती वैज्ञानिक एलेक्स कम्फर्टका अनुसार चाँडै नै मानिसहरुको पनि फेरोमोनको खोजी पूरा हुनेछ र यस्तो पनि भयो ।

त्यसै वर्ष वैज्ञानिक एचए कुकले आफूले मानिसमा दुई प्रकारको फेरोमोनको खोजी गरेको दाबी गरे । त्यसमध्ये एक महिलाको मुखबाट निस्कन्छ । उनीहरुले लसुन नखाएपनि लसुन खाएको जस्तो बास्ना आउँछ ।

कुकका अनुसार यस्तो त्यतिबेला हुन्छ जब महिला सेक्सका लागि तयार हुन्छन् । कुकले दाबी गरेका छन्, लसुनको गन्धले पुरुषमा उत्तेजना आउँछ । त्यसकारण महिला खानामा लसुनको प्रयोग गर्दछन् ।

दोस्रो फेरोमोन जुन कुकले खोजी गरेको दाबी गरेका छन् त्यो डर पैदा गर्ने किसिमको थियो । यो कुकुरबाट निस्कने फेरोमोनजस्तो थियो ।

अब यस्तो प्रकारको दाबी खारेज हुनु नै थियो । त्यो भयो पनि । तर वैज्ञानिकका बिच फेरोमोनको खोजी जारी रह्यो ।

यसबारे सन् १९९१ मा पेरिसमा एक पत्रकार सम्मलेन पनि भयो । अमेरिकाको यूटा युनिभर्सिटीका केही वैज्ञानिकले मानिसमा पाइने फेरोमोनको खोजी गरेको अर्को दाबी गरे ।

अमेरिकाको पेन्सिल्वेनिया युनिभर्सिटीका रिचर्ड डोटीका अनुसार यो खबर त्यतिबेला विज्ञानको दुनियाँमा सबैभन्दा ठूलो खबर बन्यो । तर मानिसहरुले भने यसलाई विश्वास गरेनन् ।

सन् २००० मा मार्था म्याक्लिंटकले पनि एक अनुसन्धान पत्रमा यूटा युनिभर्सिटीका वैज्ञानिकको दाबीको समर्थन गरिन् । तर, संसारका धेरै वैज्ञानिकहरुको यहि मान्यता छ कि मानिसको फेरोमोन हुँदैन ।

हो, शरिरको गन्ध अवश्य पनि हुन्छ । हामी सँग यी फेरोमोनलाई सुघ्नका लागि आवश्यक ताकत नै छैन । हाम्रो नाकभित्र केही ग्रन्थी छन् तर त्यसको दिमागसँग केही सम्बन्ध नै छैन ।

यस्तोमा यदि फेरोमोन मानिसको शरिरबाट निस्कन्छ भने त्यसको केही फाइदा छैन । किनभने त्यसलाई सुघ्ने ताकत मानिसमा हुँदैन ।

अमेरिकी वैज्ञानिक रिचर्ड डोटीका अनुसार साना जीवमा फेरोमोनको आवश्यकता छ किनभने प्राकृतिक रुपमा उनीहरु साथीसँग यसरी मात्र कुरा गर्न सक्छन् । मानिसहरुलाई साथी खोज्नका लागि गन्धको भर पर्नु पर्दैन । उनीहरु कुरा गर्न सक्छन् । इशारा गर्न सक्छन् ।

रिचर्ड डोटीका थ्योरीका समर्थक र्हीसस बाँदरमा पाइने एक केमिकललाई कपुलिनको नाम दिएका छन् । यसलाई सन् १९६० को दशकमा खोजिएको थियो । यो पोथी बाँदरको योनीबाट निस्कन्छ । यसको गन्धले भाले बाँदर पोथीतर्फ आकर्षित हुन्छ ।

तर यो केमिकल फेरोमोनको परिभाषामा फिट हुँदैन । यो पोथीको शरिरबाट निस्कने प्राकृतिक अत्तर भन्दा उपयुक्त होला । अचम्मको कुरा के छ भने आजका परफ्युम उद्योगमा यसको प्रयोग हुने गरेको छ ।

लिभरपुल युनिभर्सिटीका वैज्ञानिक जेन हस्र्ट पनि रिचर्ड डोटीको समर्थक हुन् । फेरोमोन शब्दको प्रयोग अनावश्यक रुपमा प्रयोग हुन्छ । जेनले मुसाबाट निस्कने एक केमिकलको खोजी गरे जसले फेरोमानेजस्तो असर गर्दछ । तर वास्तविक रुपमा त्यो फेरोमोनको दायरामा आउँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप