ग्यास्ट्राइटिसका बिरामीलाई यस्तो खानपिन
बुधबार, १९ माघ २०७३, ११ : ०८
डा. विवेक शर्मा, कन्सल्ट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल
ग्यास्ट्राइटिसका बिरामीलाई सधैँ कस्तो खाना खाने भन्ने चिन्ता हुन्छ । कतिपयले गोलभेँडा, अमिलो जातको फलफूल, अदुवा, प्याज, लसुन खानु हुँदैन भन्छन् । त्यस्तै चिल्लो, अमिलो, पिरो, माछामासु पनि नखाने सुझाब दिन्छन् । आखिर यस्ता बिरामीले खाने परिकार के हो ? यो प्रश्नको उत्तर डा. विवेक शर्माले दिएका छन्ः
पौष्टिक खानपिनको निकै महत्व हुन्छ । ग्यास्ट्राइटिसका बिरामीलाई पेट तथा आन्द्रामा भएको संक्रमण निको बनाउन यस्तो परिकार महत्वपूर्ण हुन्छ ।
फाइबर तथा भिटामिनयुक्त होलग्रेन्स खाना, क्याल्सियम, एन्टिअक्सिडेन्ट, चिकेन, माछा, हरियो सागपात, गेडागुडी, अन्डामा पर्याप्त पोषण पाइन्छ ।
दहीमा हुने प्रोबायोटिक बटर मिल्कले पनि ग्यास्ट्रिक ठिक गर्न सहयोग गर्छ ।
अमिलो जातका फलफूल, गेडागुडी, पिँडालु, प्याज, काउलीमा पाइने फ्लेमोन्वाइडस तथा स्याउ, बेसार, ग्रिन टी, अंगुरमा पाइने पोलिफिनोल्सले पेटको संक्रमण गर्ने एच पाइलोरी ब्याक्टेरिया फैलिनबाट जोगाउँछ । यसकारण यी खानेकुरा यस्ता बिरामीले सेवन गर्नु लाभदायक हुन्छ ।
प्रचुर मात्रामा प्रोटिनयुक्त खाना जस्तै– माछा, मासु, गेडागुडीले पनि एच पाइलोरी क्रोनिक ग्यास्ट्राइटिसको संक्रमणबाट जोगाउने नयाँ अनुसन्धानहरूले देखाएका छन् ।
यी खानपान कम गर्ने
मैदाबाट बनेका खानेकुरा जस्तै– पास्ता, सेतो ब्रेड, कुकिज केक, चिनी, कोल्ड ड्रिंक्स, चिया, कफी, धूम्रपान, मध्यपान, पोलेका खानेकुरा, चिल्लो, स्याचुरेटेड बोसो भएका खाना ।
कुनै खास खानेकुराले बिरामीलाई असर गर्छ भने त्यो खानेकुरामा ध्यान दिनु आवश्यक हुन्छ । सबै बिरामीलाई त्यही खानाले ग्यास्ट्रिक बढाउँछ भन्ने छैन ।
खाना राम्रोसँग चपाएर खाएको खानाले पनि ग्यास्ट्रिकको लक्षण कम हुन सक्छ ।
ध्यान दिनुपर्ने कुरा
हरियो सागपात, सबै प्रकारका तरकारी, फलफूल, माछा, बोसोरहित मासु ग्यास्ट्रिकका बिरामीका लागि महत्वपूर्ण खाना हुन् । यी खानामा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइने हुनाले पेट र आन्द्रामा भएको संक्रमणलाई समेत कम गर्छ ।
आफन्त, छिमेकी र साथीभाइको कुरा सुनेर प्रमाणित नभएका विभिन्न औषधि र जडीबुटीको सेवन गर्नु हुँदैन । विशेषज्ञको सल्लाहअनुसार औषधि सेवन गर्ने र अनुशासित जीवनशैली अपनाउने गरेमा ग्यास्ट्रिकको समस्याबाट पीडित हुनु पर्दैन ।
कुनै खास किसिमका खानेकुरा खाँदा बिरामीलाई असर गर्छ भने त्यस्ता खानेकुरालाई डायरीमा नोट गरेर राखेर चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ । मैदाबाट बनेका खानेकुरा, कोल्डड्रिंक्स, चिया, कफी सकेसम्म नखाँदा उचित हुन्छ ।
अनावश्यक रूपमा दुखाइ कम गर्ने पेनकिलर औषधिहरू सेवन नगर्ने । सेकुवालगायतका पोलेका खानेकुरा, मद्यपान र धूम्रपान नगर्ने । खाना एकैपटक धेरै खानुभन्दा थोरै–थोरै पटक–पटक गरेर खाने ।
नियमित समयमा सुत्ने र उठ्ने कुरालाई इमानदार भएर पालन गर्ने । समयमा नै एच पाइलोरी किटाणुको जाँच अनि उपचार गर्ने जसले अल्सर र क्यान्सरजस्ता ठूलो रोगबाट जोगाउँछ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण