बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

शरीरको तौल घटाए स्वास्थ्यमा के सुधार ?

बुधबार, २६ माघ २०७३, १३ : १२
बुधबार, २६ माघ २०७३
डा. लक्की शर्मा, कन्सल्टेन्ट फिजिसियन , काठमाडौं मेडिकल कलेज सन्तुलित खानाको प्रयोग गर्न नसक्दा पनि मोटोपनको समस्या देखिने गरेको छ । मोटोपनले शरीर भद्दा देखाउनुका साथै शरीरमा विभिन्न किसिमका रोग पनि देखापर्न सक्छ । शरीरको तौल बढी भएमा घटाउने सही तरिका थाहा पाउन जरुरी छ । शरीरको तौल घटाउने तरिका तथा त्यसका फाइदासम्बन्धी डा. लक्की शर्माका सुझाब यस्ता छन्ः यसरी घटाउने शरीरको तौल खानामा बढी नुनको प्रयोग नगर्ने र नुनिला खानेकुरा सकेसम्म नखाने । भटमास, सूर्यमुखी वा ओलिभ तेलको प्रयोग बढी गर्ने । हप्ताभरि खाँदै आएका सम्पूर्ण खानेकुराको सूची बनाउने । त्यसबाट हप्तामा तपाईंले कति क्यालोरी उपभोग गर्नुहुन्छ, त्यो हिसाब निकाल्नुपर्छ । तौल घटाउन आवश्यकभन्दा कम खाने गर्नुपर्छ । एक दिनमा कम्तीमा पनि पाँचपटकजति विभिन्न प्रकारका फलफूल र सागसब्जी खानुपर्छ । धेरै लामो समयसम्म खाली पेट बस्नु हुँदैन । खाली पेटमा चिया खानु हुँदैन, जसले गर्दा ग्यास्ट्राइटिस हुन्छ । स्वस्थ र सन्तुलित खाना खानुपर्छ । मानिसमा उत्प्रेरणा सबैभन्दा महŒवपूर्ण मानिन्छ । हरेक मानिसले आफ्नो दैनिक आहारविहारमा सुधार ल्याउनुपर्छ । चिल्लो भएको दूध, चिज, मोटो मासु, झानेका वा तारेका खाना नखाने । कम चिल्लो भएका खानेकुरा खाने गर्नुपर्छ । मासु खाँदा पोलेको, काँचो पनि खाने गर्छौं । त्यसले स्वास्थ्यलाई फाइदा गर्दैन । त्यसैले सकेसम्म मानिसले सेतो मासु, त्यसमा पनि कुखुराको बढी प्रयोग गर्दा राम्रो हुन्छ । शरीरले गर्मी महसुस गर्ने गरी छिटोछिटो श्वासप्रश्वास हुने गरी र अलिकति पसिना आउने गरी व्यायाम गर्नुपर्छ । शरीरबाट पसिना निकाल्न छिटोछिटो हिँड्ने, नाच्ने, उफ्रने, पौडिने, ब्याटमिन्टन, टेनिस, खेल्नेजस्ता काम गर्नुपर्छ । कम्तीमा ९० मिनेट हप्ताको पाँच दिन कसरत गर्नु उत्तम हुन्छ । सबैलाई कम्तीमा ३० मिनेट कसरत गर्नु लाभदायक हुन्छ । फाइदा शरीरको तौल केही मात्रामा कम गराउन सकेमा मधुमेह, मुटुरोगजस्ता जटिल स्वास्थ्य समस्या टरेर जाने सम्भावना हुन्छ । मोटोपन भएर मधुमेह, मुटुरोगको समस्या देखिएको भए तौलका साथै औषधिको मात्रा घटाउँदै लैजानुपर्छ । यसले स्वास्थ्यमा फाइदा गर्छ । शरीरको वजन घटाउन सके अल्पायुमा ज्यान जाने खतरा ३० प्रतिशतले घटेर जान्छ । मुटुरोग, पक्षघात र मोटोपनसँग सम्बन्धित क्यान्सरहरू लाग्ने खतरा पनि कम हुन्छ । मोटो मानिसले आफ्नो शरीरको १० प्रतिशत मात्र तौल घटाउन सकेमा उसको स्वास्थ्यमा निकै सुधार देखिँदै जान्छ । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप