जिका भाइरसबारे जान्नुपर्ने कुरा
बुधबार, ०४ फागुन २०७३, १० : २८
एडिस जातको लामखुट्टेको टोकाइबाट जिका भाइरस सर्ने गर्छ । जिका भाइरस संक्रमित कुनै व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोक्यो भने संक्रमण हुन्छ । डा. भीम आचार्यले जिका भाइरसबारे जानकारी दिएका छन्ः
जिका भाइरसको संक्रमणबाट बँच्न संक्रमित लामखुट्टेको टोकाइबाट जोगिने नै हो । त्यसैले शरीरको पुरै भाग छोप्ने गरी कपडा लगाउनुपर्छ ।
लामखुट्टै बढी लाग्ने क्षेत्रमा बस्ने व्यक्रिले धूप या मलमको प्रयोग गरेर लामखुट्टे भगाउन सक्छन् ।
लामखुट्टे नियन्त्रणका लागि आफ्नो घरवरपर पानी जम्ने खाल्डाखुल्डी बनाउनु हुँदैन । वातावरण सफा राख्नुपर्छ ।
जिका भाइरसको संक्रमणले गर्भवती महिलालाई बढी समस्यामा पार्ने भएकाले राति सुत्दा नियमित झुलको प्रयोग गर्नैपर्छ । सबै व्यक्तिले झुलको प्रयोग गर्नु नै लामखुट्टेको टोकाइबाट बँच्ने उत्तम उपाय हो ।
साँझ पर्ने बेला बाहिरका लामखुट्टे कोठाभित्र प्रवेश गर्छन् । यो समयमा घरका सबै झ्यालढोका बन्द गरेर नियन्त्रण गर्न सकिन्छ । राति पनि झ्यालढोका राम्रोसँग लगाउनुपर्छ ।
पानी राख्ने भाँडाहरू बाल्टी, जग, गाग्री, लोटा आदि सधैँ छोपेर मात्रै राख्नुपर्छ । घरमा गमलामा फूलहरू रोप्ने र चिसो हुने भएकाले लामखुट्टे फैलिने गर्छन् । दिनमा एकपटक गमला सुक्खा बनाएर राख्नुपर्छ ।
गर्भवती महिलालाई जिका भाइरसको संक्रमण भएमा गर्भको शिशुमा असर गर्छ । यस्तो वेला सानो टाउको भएको बच्चा जन्मने, मस्तिष्कको विकासमा असर पर्ने हुन्छ । गर्भवती महिलाहरू लामखुट्टेको टोकाइबाट बच्न पहिला आफू सचेत हुनुपर्छ । यस्तो समस्या देखिएको अवस्थामा सम्बन्धित व्यक्तिले चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
जिकाका लक्षण
अस्वाभाविक रूपमा टाउको दुख्नु, हल्का ज्वरो आउनु, आँखा रातो हुनु तथा पाक्नु, जीउ तथा जोर्नीहरू दुख्नु, शरीरबाट विभिन्न भागमा बिमिरा आउनु, एक्कासि हातगोडा लुला हुनुजस्ता लक्षण जिका भाइरस संक्रमित व्यक्तिमा हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण