तपाईं बुवा बन्न चाहनुहुन्छ भने यी १० कुरा अवश्य पढ्नुहोस्
आजकालको जीवनशैलीका कारण पुरुषहरुमा बाँझोपनको समस्या बढ्दै गएको छ । मेदान्त अस्पतालका कन्सल्टेन्ट डा. अभय जैनका अनुसार जीवनशैलीमा केही परिवर्तनका साथै केही स्वस्थ खाना खाँदा प्रजनन क्षमता बढ्छ भने वीर्यको मात्रा र गणस्तर बनाउन सकिन्छ । डा. जैनले यस्तै केही १० खानेकुराबारे जानकारी दिएका छन् ।
दैनिक बिहान लसुनको तीन/चार पोटी चपाएर खानुहोस् । यसमा पाइने एलिसिन नामक कम्पाउन्डले पुरुषको यौनाङ्गमा रक्तसंचारको प्रवाह बढाउँदछ ।
दैनिक एक मुठी ओखर खानुहोस् । यसमा पाइने ओमेगा थ्री फ्याटी एसिडले पुरुषको यौनाङ्गमा रक्त संचार बढाउन सहयोग गर्दछ ।
गोलभेंडालाई जैतुनको तेलमा पकाएर खानुहोस् । यसमा पाइने लाइकोपिनले वीर्यको मात्रा, यसको गुणस्तर र संरचनालाई राम्रो बनाउन सहयोग गर्दछ ।
दैनिक एक मुट्ठी फर्सीको बियाँ खानुहोस् । यसमा पाइने जिंक र ओमेगा थ्री फ्याटी एसिडले टेस्टोस्टेरोन र वीर्यको मात्रालाई बढाउँछ ।
डार्क चक्लेट खानुहोस् । यसमा पाइने एल–अरजिनाइन नामक एमिनो एसिडले वीर्यको मात्रा र गुणस्तर बढाउने गर्दछ ।
दैनिक बिहान दुईवटा अण्डा खानुहोस् । प्रोटिन र भिटामिन ‘इ’ ले भरपुर अण्डा स्वस्थ र बलियो बीर्य उत्पादनमा सहयोगी हुन्छ ।
दैनिक बिहान बेलुका एउटा केरा खानुहोस् । यसमा पाइने ब्रोमिलेन नामक एन्जाइम र भिटामिन बी शक्ति, ऊर्जा र बीर्यको मात्रा बढाउँछ ।
दैनिक एक ग्लास अनारको जुस खानुहोस् । टर्कीमा गरिएको अनुसन्धान अनुसार यसले वीर्यको मात्रा र गुणस्तर बढाउन सहयोग गर्दछ ।
दैनिक सलादमा गाजर खानुहोस् वा गाजरको जुस पिउनुहोस् । यसमा पाइने भिटामिन एले वीर्यको उत्पाद बढाउनमा सहयोग गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण