बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

यदि तपाईं सुट लगाइरहनुभएको छ भने यी ११ गल्ती गर्दै नगर्नुहोस्

बिहीबार, १२ फागुन २०७३, १३ : ३०
बिहीबार, १२ फागुन २०७३

तपाईंले सर्ट लगाउने नियम बारे त पढ्नुभएको होला तर के तपाईं सुट लगाउने नियमबारे जानकार हुनुहुन्छ ? निकै थोरै मानिसहरुले मात्र सुटलाई दैनिक लगाउने गर्दछन् । विशेषगरी यसलाई कुनै पार्टी, विवाह, अफिस वा औपचारिक कार्यक्रममा लगाइने गरिन्छ । यदि तपाईं वर्षमा एक पटक मात्र सुट लगाउनुहुन्छ भने पनि यहाँ बताइएका गल्ती नगर्नुहोस् ।

सुट र जुत्ताको गलत म्याचिङः

कालो रङको जुत्ता हरेक किसिम र रङको सुटसँग मिल्छ । तर यदि तपाईंको छनोटमा खैरो रङको जुत्ता छ भने यसलाई निलो, खैरो, खरानी रङको सुटसँग लगाउन सकिन्छ ।

सुटको सबै टाँक लगाउनुः

ब्लेजरको अन्तिम टाँक सधैं खोलेर राख्नुहोस्, नभएर सुट टाइट देखिन्छ ।

मिल्दोजुल्दो पकेट स्क्वायर र टाईः

यदि टाई र पकेट स्क्वायर एकैपटक लगाउने सोच्नुभएको छ भने दुबैको रङ र प्रिन्ट एउटै नराख्नुहोस् । दुबैलाई भिन्न डिजाइन र रंगसँग मिलाउनुहोस् ।

जुत्ता र बेल्टको गलत मेलः

जुत्ता र बेल्ट भिन्न रङको नलगाउनुहोस् । खैरो जुत्तासँग खैरो बेल्ट र कालोसँग कालै बेल्ट लगाउनुहोस् ।

भिन्न मोजा रोज्नुः

मोजाको रङ पाइन्टसँग म्याच गराउने कोसिस गर्नुहोस् । सुटसँग सेतो र प्रिन्ट भएको मोजा नलगाउनुहोस् ।

सुटसँग ब्याकप्याक लगाउनुः

यदि अफिसमा सुट लगाउनुहुन्छ भने ल्यापटपका लागि ब्याकप्याकको सट्टा ह्याण्डब्याग बोक्नुहोस् ।

टाँक नखोली बस्नुः

यदि बस्नु छ भने सुटको टाँक खोलेर बस्नुहोस् । यसो गर्दा टाँक फुस्किने डर हुँदैन ।

सर्टको कलर बाहिर राख्नुः

सर्टको कलरलाई ब्लेजरको कलभन्दा माथि नराख्नुहोस् । यो फेसन गइसकेको छ । सर्टको कलर सधैं सुटभन्दा भित्र नै राख्नुहोस् ।

सुटभन्दा लामो सर्टः

तपाईंको सर्टको कफ्स नाडीभन्दा माथि आउनुहुँदैन । याद राख्नुहोस् सर्टको बाउला, कोटको भन्दा लामो नहोस् ।

पाइन्टलाई पट्याउनुः

कोटको बाउला र पाइन्टको लम्बाई लामो भए त्यसलाई नपट्याउनुहोस् ।

कालो सुटसँग कालै पकेट स्क्वायर लगाउनुः

यदि कालो सुट लगाउनुभएको छ भने चम्किलो रङको पकेट स्क्वायर लगाउनुहोस् । पकेट स्क्वार सधैं कोटभन्दा फरक हुनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप