शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

पेनड्राइभमाफाइल लुक्यो ? निकाल्नुहोस् यसरी

बिहीबार, १२ फागुन २०७३, १४ : ३६
बिहीबार, १२ फागुन २०७३
युवराज भट्टराई,  कम्प्युटर टेक्निसियन पेनड्राइभ या मेमोरी कार्डमा भएका फाइल कुनैवेला अकस्मात् गायब हुन्छन् । कम्प्युटरमा राखेर हेर्दा, हिडन फाइल भनेर देखाउँछ । पेनड्राइभ या मेमोरीमा फाइलले ओगटेको स्पेस देखाउने, तर फाइलचाहिँ नदेखिने समस्या खासगरी भाइरसले निम्त्याउँछ । यसबाहेक पेनड्राइभ र मेमोरी कार्ड प्रयोग गर्ने क्रममा कहिलेकाहीँ अन्जानमा हिडन गरिएको पनि हुन्छ । तर, यो समस्याबाट अधिकांशले तनाव बेहोरोको पाइन्छ । स्क्यान गर्दा पनि फाइल देखिँदैन । आखिर यस्तो समस्या हुँदा गर्नेचाहिँ के हो ? कम्प्युटर टेक्निसियन युवराज भट्टराईले तरिका सिकाएका छन्ः उपाय १ : कमान्ड प्रम्प्ट माई कम्प्युटर खोलेर पेनड्राइभ÷मेमोरी कार्डले कुन ड्राइभ लेटर लिएको छ, पत्ता लगाउनुहोस् । जस्तैF:/, G:/, H:/  ड्राइभ लेटर पत्ता लगाएपछि स्टार्ट मेनुश्रअल प्रोग्रामश्रएसेसोरिजको भित्र कमान्ड प्रम्प्टमा क्लिक गर्नुहोस् । यसपछि पेनड्राइभ÷कार्डले जुन ड्राइभ लेटर लिएको छ त्यसलाई टाइप गर्नुहोस् । जस्तै  f लिएको भएF: . । यो काम गरेपछि इन्टर थिच्नुहोस् । अब कमान्ड प्रम्प्टमा F:/ देखाउँछ । यसपछि attrib (स्पेस)-s(स्पेस)-h(स्पेस)-r(स्पेस)/s(स्पेस)/d टाइप गरेर इन्टर थिच्नुहोस् । यति गरिसकेपछि माई कम्प्युटर खोलेर पेनड्राइभ-मेमोरी कार्ड खोल्नुहोस् । त्यहा“ सम्पूर्ण फाइल देखिन्छन् । उपाय २ : फोल्डर अप्सन माई कम्प्युटरमा गएर पेनड्राइभ-कार्ड खोल्नुहोस् । माथि देखिएको मेनुको अर्गनाइजमा क्लिक गरेर फोल्डर एन्ड सर्च अप्सनमा क्लिक गर्नुहोस् अथवा एकपटक अल्ट बटन थिच्नुहोस् । यति गरेपछि नया“ मेनु देखिन्छ । त्यसको टुल्स अप्सनमा क्लिक गरेर फोल्डर अप्सनमा जानुहोस् । फोल्डर अप्सनमा गएपछि भ्यु ट्याबमा क्लिक गर्नुहोस् । त्यसपछि हिडन फाइल एन्ड फोल्डर अप्सनको सो हिडन फाइल, फोल्डर एन्ड ड्राइभ अप्सन सेलेक्ट गर्नुहोस् । साथै, योभन्दा दुई लाइन तलको हाइड प्रोटेक्टेड अपरेटिङ फाइल सिस्टमको ट्ठ (चेक) हटाउनुहोस् र अप्लाई ओकेका क्लिक गर्नुहोस् । अब तपाईंको पेनड्राइभ-मेमोरी कार्डका फाइलहरू देखिन्छन् । यो पनि भाइरसले फाइल डिलिट नै गरेको रहेछ र दुवै अप्सन प्रयोग गर्दा पनि हिडन फाइलहरू नदेखिएमा थर्ड पार्टी सफ्टवेयर प्रयोग गरेर हिडन फाइल रिकभर गर्न सकिन्छ । तर, यसका लागि पेनड्राइभ÷कार्ड भने ठीक अवस्थामा रहेको हुनुपर्छ । यो कामका लागि गुगल या एक्सपर्टको सहयोग लिन सकिन्छ । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप