खुलेन गोलको खाता, पहिलो हाफमा मोरोक्कोविरुद्ध अग्रता लिन चुक्यो फ्रान्स
काठमाडौँ । फिफा विश्वकप २०२६ को क्वाटरफाइनल अन्तर्गत फ्रान्स र मोरोक्कोबिचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ ।
बोस्टन स्टेडियममा भइरहेको प्रतिस्पर्धामा फ्रान्सले बलमा नियन्त्रण बनाए पनि अग्रता लिने सुवर्ण अवसरहरू सदुपयोग गर्न सकेन ।
पहिलो हाफको सबैभन्दा नाटकीय मोड २९औँ मिनेटमा आयो, जब फ्रान्सेली स्टार केलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्न चुके । मोरोक्कोका डिफेन्डर नुसाइर माजरावीले एम्बाप्पेलाई पेनाल्टी एरियामा लडाएपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए । भिडियो असिस्टेन्ट रेफ्रीको लामो जाँचपछि लिइएको उक्त पेनाल्टीमा एम्बाप्पेको प्रहारलाई मोरोक्कोका गोलकिपर बोनोले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए ।
तथ्याङ्कको आधारमा पहिलो हाफमा फ्रान्सको पूर्ण दबदबा रह्यो । फ्रान्सले १० पटक गोलको प्रयास गर्दा मोरोक्कोले एक पटक पनि विपक्षीको पोस्टमा प्रहार गर्न सकेन । ओसमान डेम्बेले र डिजायर डोउले पनि केही राम्रा अवसर सिर्जना गरे पनि मोरोक्कोको बलियो रक्षापङ्क्ति र गोलकिपर बोनो तगारो बनेर उभिए ।
मोरोक्कोले सुरुदेखि नै रक्षात्मक रणनीति अपनाएको छ । एम्बाप्पेको पेनाल्टी मिस भएपछि मोरोक्कोका समर्थकहरूले स्टेडियममा निकै उत्साह मनाएका थिए ।
पहिलो हाफमा गोल हुन नसकेपछि अब दोस्रो हाफ थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
-
६ मिनेटको अन्तरमा फ्रान्सको दुई गोल, चम्किए एम्बाप्पे र डेम्बेले
-
एम्बाप्पेको सानदार गोल, फ्रान्सलाई १–० को अग्रता
-
खुलेन गोलको खाता, पहिलो हाफमा मोरोक्कोविरुद्ध अग्रता लिन चुक्यो फ्रान्स
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण