कुन सपना देख्दा कस्तो फल पाइन्छ ? यहाँ पढ्नुहोस्
एजेन्सी
बैशाख १ – सपनाको फल सामान्यतया केही दिन, हप्ता वा महिनापछि प्राप्त हुने गर्दछ । राती ३ बजेदेखि सूर्योदय अगाडिसम्मको सपनाको फल केही दिनभित्र प्राप्त हुने गर्दछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्विकृत विसं २०७४ का लागि प्रकाशित सिद्धि–पञ्चाङ्ग नामक पुस्तकमा विभिन्न प्रकारका सपनाको फलबारे जानकारी दिएको छ । जुन यसप्रकार छन्ः
स्वप्न फल
खुल्ला ढोका देखेमा मित्रतामा वृद्धि
ऊँट देखेमा धन प्राप्ति
ओछ्यान लाएको देखेमा दीर्घायु र सुख प्राप्ति
कपास देखेमा अरोग्यता
किला ठोकेको देखेमा बुढो मान्छेबाट लाभ
घर बनाएको देखेमा प्रसिद्धि प्राप्ति
औंठी लगाएको देखेमा धनलाभ र प्रसन्नता
कपाल देखेमा धनलाभ
घोडा देखेमा संकट नाश
कपाल कोरेको देखेमा ऋणबाट मुक्त
बाली उठाएको देखेमा अवैध धन प्राप्ति
घोडा चढेको देखेमा ठूलो पद पाउनु
भर्याङ देखेमा सुख सम्पत्तिमा वृद्धि
ओढ्ने कम्बल देखेमा बदनाम हुनु
रातो फूल देखेमा भाग्योदय
कोइला देखेमा झगडा हुनु
आकाश देखेमा ऐश्वर्य सन्तान लाभ
घाँसको मैदान देखेमा विद्वता बढ्नु
कुवाको पानी देखेमा सन्यासी बन्नु
मरेको मान्छेसँग कुरा गरेमा मनोकांक्षा पुरा हुने
सुपारी खाएमा रोगबाट मुक्ति
पत्र पढेको देखेमा नयाँ समाचार
बजार देखेमा दरिद्र हट्ने
गाइ देखेमा लाभ
सेतो फूल देखेमा दुःख हट्ने
बादल देखेमा चिन्ता
शव देखेमा रोगबाट मुक्ति
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा वडा सचिवविरुद्ध मुद्दा
-
चीनको आर्थिक तथ्याङ्कमाथि प्रश्न उठाउने अर्थशास्त्रीको निधन
-
अपाङ्गता परिचयपत्र सच्याएर सरकारी रकम हिनामिना : पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा
-
इरान युद्धबाट यत्तिकै बाहिरिन सक्लान् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण