आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

आर्सनल र सिटीको जीतसँग शीर्ष चारको संघर्ष अन्तिम खेलसम्म जाने

बुधबार, ०३ जेठ २०७४, १० : १५
बुधबार, ०३ जेठ २०७४

लण्डन, जेठ ३ – आर्सनलले सन्डरल्याण्डविरुद्ध संघर्षपूर्ण जित निकालेपछि इंग्लिस प्रिमियर लिगमा शीर्ष चार स्थानको लागि संघर्ष अन्तिम खेलसम्म जाने भएको छ ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा रेलिगेसनमा परिसकेको सन्डरल्याण्डविरुद्ध गोलको खाता खोल्न खेलको ७२ औँ मिनेटसम्म पर्खनुपरेको थियो ।

एलेक्सिस सान्चेजले मेसुट ओजिलको पासमा गोल गर्दै आर्सनलले अग्रता लिएको थियो ।

त्यसको ९ मिनेटपछि पुनः सान्चेजले गोल गर्दै अग्रता दोब्बर बनाएको थियो ।

खेलमा आर्सनलले सन् २००३ पछि कै सर्वाधिक ३६ पटक विपक्षीको गोल पोष्टमा आक्रमण गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

जीतसँगै एक खेल बाँकी छँदा आर्सनल ७२ अंकसहित लिगको पाँचौ स्थानमा रहेको छ । लिभरपुल एक अंकले अघि चौँथो स्थानमा रहेको छ ।

अब अन्तिम खेलमा आर्सनलले सातौँ स्थानमा रहेको एभर्टनलाई हराउनुपर्नेछ भने सँगै लिभरपुलले पनि अंक गुमाउनुपर्नेछ । उता, म्यान्चेस्टर सिटीले वेस्ट ब्रोममिच आल्बियनलाई ३–१ गोलअन्तरले हराउँदै तेस्रो स्थानमा रहन सफल भएको छ ।

अब अन्तिम खेलमा वाटफोर्डविरुद्ध एक अंक मात्र बटुले सिटीले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्नेछ । सिटीको जीतमा ग्याब्रियल जिसस र केभिन डि ब्रुयनले पहिलो हाफमा दुई मिनेटको अन्तरमा गोल गरे भने याया टुरेले दोस्रोे हाफमा एक गोल थपे ।

वेस्ट ब्रोमका लागि रोबसन कानुले खेलको अन्त्यतिर सान्तवना गोल गरे । सिटी घरेलु मैदानमा खेलिएका पछिल्ला १२ प्रिमियर लिग खेलमा अपराजित रहेको छ ।

३७ खेलबाट सिटीको ७५ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप