आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

ट्र्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु

बुधबार, ०३ जेठ २०७४, ११ : १०
बुधबार, ०३ जेठ २०७४

लहान, ३ जेठ । सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

सदरमुकाम सिरहातर्फ आउँदै गरेको स १ त २११५ नम्बरको ट्र्याक्टरको ठक्करबाट पैदलयात्री स्थानीय ७० वर्षीया सोनावती यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते सोनावतीलाई उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप