मकवानपुरगढी गाउँपालिकामा एमाले
हेटौँडा, ३ जेठ । मकवानपुर जिल्लाका आठ गाउँपालिका मध्ये मकवानपुरगढी गाउँपालिकाको निर्वाचन परिणाम प्राप्त भएको छ ।
मकवानपरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका विदुर हुमागाईंले तीन हजार ८१४ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दोर्जे लामाले तीन हजार ६५२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपाध्यक्ष पदमा नेकपा एमालेका हर्कमाया रुम्बाले तीन हजार ७१७ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मन्दिरा जोशीले तीन हजार ७०७ मत प्राप्त गरेको निर्वाचन अधिकृत देवकुमार राईले जानकारी दिए ।
त्यसैगरी, हेटौँडा उपमहानगरपालिका–१९ वडाअध्यक्ष पदमा एमालेका नवराज सुवेदीले ८३६ मत प्राप्त गरी विजयी भउका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार भेटवालले ७६० मत प्राप्त गरेका छन् ।
अन्य गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाको मतगणनाको कार्य अहिले पनि जारी रहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्ने गरी आर्थिक क्रियाकलापलाई अघि बढाऔँ : राष्ट्रपति
-
उपाधि भिडन्तमा स्पेन र अर्जेन्टिना (भिडियो)
-
कुन प्रदेशमा सवारी दर्ता गर्दा सस्तो पर्छ वार्षिक कर ?
-
'हामीले सरकार ढालेको होइन, अल्पमतमा परेपछि विकल्प मात्र दिएका हौँ'
-
मेयरका छाेरा नक्कली प्रमाणपत्र प्रकरणमा दाेषी ठहर, ६ महिना कैद
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण