ध्वाँसेको छाला ओसारपसार मुद्दाका फरार ‘ज्योतिषी’ पक्राउ
सोमबार, १८ पुस २०७९, १० : ३९
काठमाडौँ । आखेटोपहार ओसारपसार मुद्दाका फरार रहेका ज्योतिषीलाई प्रहरीले काठमाडौँको मच्छेगाउँबाट पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँ बस्ने ५५ वर्षीय रुद्रनाथ अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले रातोपाटीलाई बताए ।
दुर्लभ वन्यजन्तु ध्वाँसेको छाला ओसारपसार गरेको आरोपमा उनीबिरुद्ध काठमाडौँ जिल्ला अदालतबाट २०७१ कार्तिक २७ मा पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला बन कार्यालयमा दर्ता भएको मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको छ । आइतबार अधिकारीलाई पक्राउ गरेर थप अनुसन्धान र कारबाहीको लागि आजै डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइएको एसपी कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण