आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा कारको ठक्करपछि कारसँगै घिस्रिएकी युवतीको मृत्यु, प्रहरीले के भन्यो ?

सोमबार, १८ पुस २०७९, १० : ४१
सोमबार, १८ पुस २०७९

दिल्ली । सन् २०२३ को सुरुवात भएको केही घण्टापछि भारतको राजधानी दिल्लीमा एक युवतीको सडक दुर्घटनामा दर्दनाक मृत्यु भएको छ ।

प्रहरीका अनुसार कारले ठक्कर दिएपछि युवतीको शरीर गाडीमा फस्यो र उनी केही किलोमिटरसम्म घिस्रिरहिन् । जानकारीपछि प्रहरीले पीडितलाई दिल्लीको मंगोलपुरीस्थित एसजीएम अस्पताल लगे जहाँ उनलाई मृत घोषित गरियो ।

बाहिरी दिल्लीका डीसीपी हरेन्द्र सिंहका अनुसार युवतीको शरीरको पछिल्लो हिस्सा र टाउकोको पछाडि पट्टिको भाग नराम्रोसँग घस्रिएको छ ।

उनले सोसल मिडियामा गरिएका ‘बलात्कार र हत्या’ को दाबीलाई खारेज गर्दै भने, ‘यो एक दुर्घटना हो । पीडितमाथि यौन दुर्व्यवहार भएको छैन ।’

समाचार एजेन्सी एएनआईले डीसीपी सिंहलाई उद्धृत गर्दै यस मामिलामा पाँच जनालाई पक्राउ गरिएको बताएको छ । गाडीको दर्ता नम्बरका आधारमा आरोपीलाई पहिचान गरिएको हो ।

समाचार एजेन्सी एएनआईले पीडितकी आमालाई उद्धृत गर्दै उनले आफ्नी छोरीको शव अहिलेसम्म पनि नहेरेको बताएको छ । प्रहरीले शवको पोस्टमार्टमका लागि एक टिम गठन गरेको छ ।

उता, दिल्ली महिला आयोगले यो घटनाको संज्ञान लिँदै दिल्ली प्रहरीलाई नोटिस दिएको छ ।

कहिलेको हो घटना ?

समाचार एजेन्सी एएनआईले पुलिस अधिकारीलाई उद्धृत गर्दै आइतबार (जनवरी १) कान्झावाला प्रहरी चौकीलाई बिहान करिब ३ बजेर २४ मिनेटमा फोनमार्फत् एउटा कारले एउटा व्यक्तिलाई घिसार्दै लगिरहेको भन्ने जानकारी आएको थियो भन्ने जानकारी दिएको छ ।  

प्रहरी अधिकारीहरुका अनुसार बिहान ४.११ मा अर्को फोन आयो जसमा एक युवतीको शव सडकमा भएको बताइएको थियो ।

रोहिणी जिल्लाको प्रहरी घटनास्थलमा पुगेर युवतीलाई मङ्गोलपुरीस्थित एसजीएम अस्पतालमा लगिएको जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको उनले बताए ।

प्रहरीका अनुसार दुर्घटना भएको स्थान सुल्तानपुरी प्रहरी चौकी अन्तर्गत पर्दछ । त्यहाँका एसएचओले एउटा स्कुटी दुर्घटना भएको जानकारी पाएका थिए । यस मामिलामा बिहान तीन बजेर ५३ मिनेटमा सुचना दर्ता गरिएको थियो ।

delhiडिसिपी हरेन्द्र सिंहले के भने ?

बाहिरी दिल्लीका डीसीपी हरेन्द्र सिंहले भने, ‘यो एक गम्भीर विषय हो । यो दुर्भाग्यपूर्ण दुर्घटना थियो ।’

– गाडी रोकेर पीडितलाई सहयोग गर्नुको सट्टा उनले (कार चालक) पीडितलाई घिसारिरह्यो ।

– सुरुमा उनीहरुलाई गाडीमुनि पीडित भएको थाहा नहुन पनि सक्छ तर पछि थाहा पाएपछि पनि उनीहरुले गल्ती सच्याउने प्रयास गरेनन् । उनीहरुलाई कानुनबमोजिम कारबाही गरिने छ ।

– अभियुक्तले कारमा चर्को म्युजिक बजिरहेको बताएका थिए । उनीहरुले त्यतिबेला नसामा थिए वा थिएनन् भन्नेबारे अनुसन्धान गरिनेछ ।

– उनीहरुले (अभियुक्त) ले जे भनेका छन् त्यसको वैज्ञानिक र फरोन्सिक प्रमाणका साथ मिलान गर्नुपर्ने हुन्छ ।

– यस घटनाको प्रत्यक्षदर्शी कोही थिएन । प्रहरीले प्राप्त गरेको कल कारको पछाडि बस्ने व्यक्तिले गरेका थिए, उनलाई गाडीको पछाडि कोही तानिएको महसुस भयो ।

– गाडीको नम्बर हामीले पाएका थियौँ । कार मालिक कारमा थिएनन् तर उनका साथीहरूले उनीबाट कार लिएका थिए । पाँचजनाको घरमा पुगेर पक्राउ गर्यौं ।

– आरोपितले लामो बाटो हिँडेपछि मात्रै शरीर गाडीसँगै तानिएको थाहा पाएको बताए । त्यहाँ उनीहरुले आफ्नो गाडी ब्याक गरे । शव अलग्गियो र त्यसपछि उनीहरु अघि बढे ।

– शरीरमा लुगा छन् जुन तस्विर सामाजिक सञ्जालमा छ, त्यहाँ पनि देख्नुहुनेछ कि खुट्टामा लुगा तानिएका छन् ।

– सामाजिक सञ्जालमा भाइरल भइरहेको फोटो र भिडियो अगाडिको (शरीरको अगाडिको भाग) हो । हामीसँग पछाडिको भागको तस्बिरहरू पनि छन्, जहाँ शरीरको पछाडिको भाग, टाउकोको पछाडिको भाग पूर्ण रूपमा घिस्रिसकेको छ ।

– यो दुर्घटना मात्रै हो । बिना छानबिन सामाजिक सञ्जालमा गलत सूचना दिनेलाई कारबाही गरिने छ ।

– डीसीपी सिंहले पनि पीडितको पोष्टमार्टम भइरहेको बताए । यसका लागि मेडिकल बोर्ड गठन गरिएको छ ।

दिल्ली महिला आयोगकी अध्यक्षले के भनिन् ?

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालले यो घटनामा कडा प्रतिक्रिया दिएकी छिन् र महिलाको सुरक्षामाथि प्रश्न उठाएकी छिन् ।

उनले भनिन्, ‘दिल्लीको सडकमा एक युवतीलाई नशामा चुर भएका केटाहरुले आफ्नो गाडीले थुप्रै किलोमिटरसम्म घिसारे । उनको शव नग्न अवस्थामा सडकमा भेटियो । यो निकै भयानक घटना हो । सुरक्षा व्यवस्था कस्तो थियो, त्यो पनि नयाँ वर्षको मौकामा ?’

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप