एटिएम मेशिन फुटाउन खोजेको आरोपमा युवक पक्राउ
सोमबार, १८ पुस २०७९, १३ : ३०
बैंकको एटिएम मेशिन फोड्न खोजेको आरोपमा प्रहरीले काठमाडौंको चन्द्रािगरीबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–७ घर भएका २८ वर्षीय प्रकाश मगर छन् ।
चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउन लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आरोपी चन्द्रागिरी नगरपालिका–७ स्थित चेकपोष्टमा बस्दै आएका छन् । स्क्रु प्रयोग गरेर एटिएम चोरी गर्न खोजेको प्रहरीको आरोप छ । घटनाबारे प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण