बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

जाडो बढेसँगै रुपन्देहीको रोहिणी गाउँपालिकाका विद्यालयहरू बन्द

सोमबार, १८ पुस २०७९, १५ : ५२
सोमबार, १८ पुस २०७९

जाडो बढेसँगै रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालयहरू ६ दिनका लागि बन्द हुने भएका छन् ।   गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जाडो बढेकाले बालबालिकाहरूको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरू बन्द रहने जनाएका छन् । 

 वर्षे बिदाबाट कट्टी हुने गरी ६ दिन विद्यालय बन्द रहने सूचनामा जनाइएको छ । केही दिनयता यस क्षेत्रमा जाडोले जनजीवन प्रभावित हुन थालेको छ ।

ssssssssssssssssss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप