आईएमएफ प्रमुखको चेतावनी - कठिन हुनेछ २०२३, विश्वको एक तिहाइले मन्दीको सामना गर्नुपर्नेछ
सोमबार, १८ पुस २०७९, २० : ३९
अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुखले यो वर्ष विश्वको एक तिहाइ अर्थतन्त्रले मन्दीको सामना गर्ने चेतावनी दिएकी छन् । क्रिस्टालिना जर्जिएभाले अमेरिका, युरोपेली युनियन र चीनको अर्थतन्त्रमा आएको सुस्तताका कारण सन् २०२३ अघिल्लो वर्षको तुलनामा ‘कठीन’ हुने बताइन् ।
‘युक्रेनमा जारी युद्ध, तीव्र गतिमा बढिरहेको मुद्रास्फीति, उच्च ब्याजदर र चीनमा कोरोनाको फैलावटले विश्व अर्थतन्त्रमा भार बढाएको छ,’ जर्जिएभाले सीबीएस कार्यक्रम फेस द नेसनमा भनिन्, "हामी विश्वको एक तिहाइ अर्थतन्त्र मन्दीमा पर्ने अनुमान गरिरहेका छौँ।’
युक्रेन युद्ध र विश्वभरका देशहरूमा बढ्दो ब्याजदरका कारण आईएमएफले गत वर्ष अक्टोबरमा सन् २०२३ को अर्थतन्त्रको वृद्धिदर प्रक्षेपण पनि घटाएको थियो । जर्जिएभाले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका लागि २०२३ को सुरुवात कठिन हुने चेतावनी दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण