शीर्ष स्थानको आर्सनल बराबरीमा रोकियो
बुधबार, २० पुस २०७९, ०८ : १२
प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल न्युकासलसँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा आर्सनलले न्युकासलसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्सनल बराबरीमा रोकिनु परेको हो ।
आर्सनलले न्युकासलको पोष्टमा १७ उत्कृष्ट सटहरु प्रहार गरेको थियो । यो बराबरीसँगै आर्सनल १७ खेलमा ४४ अंक जोडेको तालिकाको शीर्ष स्थानमा यथावत नै छ । यता न्युकासल १८ खेलमा ३५ अंक जोडेर तेस्रो स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत नै फुलहमले लेस्टर सिटीलाई १–० ले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण