मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेडको सहज जित

बुधबार, २० पुस २०७९, ०८ : १५
बुधबार, २० पुस २०७९

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले बर्नेमाउथमाथि सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नेमाउथलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन कासिमिरो, लुक श र मार्कुस राषफोर्डले एक एक गोल गरे । कासिमिरोले खेलको २३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

खेलको ४९ औं मिनेटमा लुक शले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । राषफोर्डले खेलको ८६ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई ३–० को जित दिलाए । जितसँगै युनाईटेडले १७ खेलमा ३४ अंक जोडेर युनाइटेड चौंथो स्थानमा छ । पराजित बर्नेमाउथ १८ खेलमा १६ अंक जोडेर तालिकाको १५ औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप