युनाइटेडको सहज जित
बुधबार, २० पुस २०७९, ०८ : १५
प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले बर्नेमाउथमाथि सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नेमाउथलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन कासिमिरो, लुक श र मार्कुस राषफोर्डले एक एक गोल गरे । कासिमिरोले खेलको २३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
खेलको ४९ औं मिनेटमा लुक शले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । राषफोर्डले खेलको ८६ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई ३–० को जित दिलाए । जितसँगै युनाईटेडले १७ खेलमा ३४ अंक जोडेर युनाइटेड चौंथो स्थानमा छ । पराजित बर्नेमाउथ १८ खेलमा १६ अंक जोडेर तालिकाको १५ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण