ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु
बिहीबार, २१ पुस २०७९, ०८ : ३९
पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ट्र्याक्टरको ट्रलीमा सवार सारुलाई एक्कासि सडकमा खस्दा सोही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेर बुधवार साँझ ८ः३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोबीखोलामा हामफालेकी महिलाको शव बल्खु नजिकै फेला
-
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइते
-
पत्रकारसँग मन्त्री चौधरी : मन्त्रालय चलाउन उत्साहित, नतिजालाई लिएर चिन्तित
-
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको दाबी, पुनर्लेखनको प्रयास नगर्न सरकारलाई चेतावनी
-
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता
-
अबदेखि गण्डकीमा गाँजा खेती गर्न पाइने, पारित भयो विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण