स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ
बिहीबार, २१ पुस २०७९, १३ : ३७
काठमाडौं । बर्दियाको गुलरियाबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँदिल्ली थाना स्मानपुर ब्रमपुरी दिल्ली घर भएका ४५ वर्षीय जाफर अली छन् । गुलरिया नगरपालिका–८ भादाबाट पक्राउ परेका आरोपीको साथबाट स्रोत नखुलेको ९० हजार ५ सय ९० भारतीय रूपैयाँ र २ हजार ७ सय ८० नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आरोपी सवार डिएल–१० एसडब्लु–९१०५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा स्रोत नखुलेको नगद फेला परेको थियो । प्रहरीले आरोपीलाई अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बाँकेमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण