शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

बिहीबार, २१ पुस २०७९, १३ : ३७
बिहीबार, २१ पुस २०७९

काठमाडौं । बर्दियाको गुलरियाबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँदिल्ली थाना स्मानपुर ब्रमपुरी दिल्ली घर भएका ४५ वर्षीय जाफर अली छन् । गुलरिया नगरपालिका–८ भादाबाट पक्राउ परेका आरोपीको साथबाट स्रोत नखुलेको ९० हजार ५ सय ९० भारतीय रूपैयाँ र २ हजार ७ सय ८० नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आरोपी सवार डिएल–१० एसडब्लु–९१०५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा स्रोत नखुलेको नगद फेला परेको थियो । प्रहरीले आरोपीलाई अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बाँकेमा बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप