बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान

बिहीबार, २१ पुस २०७९, १४ : ३३
बिहीबार, २१ पुस २०७९

बुटवल । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दे  सरकार गठनको  लागि आह्वान गरेको हो । 

लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिएका छन् । पुस १७ गते सांसदहरूको शपथग्रहण र १८ गते प्रदेश सभाको अधिवेशन सुरु भइसकेको छ ।

शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिएका छन् । प्रदेश सभामा ८७ सदस्य रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप