चिसो बढेपछि कालिकोटमा विद्यालय बन्द
कालिकोट । कालिकोटमा अत्यधिक मात्रामा चिसो बढेपछि तिलागुफा नगरपालिका सबै विद्यालय बन्द गरिएका छन् । चिसो बढेका कारणले नगरपालिकाभित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका हुन् ।
कालिकोटमा तापक्रम माइनस पाँच डिग्री झरेको छ । चिसोले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको जनाएको छ । चिसोका कारणले पानी जम्न थालेसँगै अत्यधिक मात्रामा चिसो बढेकाले विद्यालय बन्द गर्नुको विकल्प नभएको नगरपालिका शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक नवीन हमालले बताए । “चिसोले गर्दा विद्यालयमा विद्यार्थी आउन पनि छाडे”, उनले भने, “विद्यालय बन्द गर्नुको विकल्प रहेन ।”
चिसो बढ्दै गएका कारण विद्यार्थीले विद्यालय जान नमानेको तिलागुफा नगरपालिका–२ फोइमहादेवका राजबहादुर बुढाले बताए । “चिसो अत्यधिक भएकाले कक्षा ९ र १० का विद्यार्थी ट्युसन पढ्नका लागि सुर्खेत र नेपालगञ्ज झरेका छन्”, उनले भने, “आठ कक्षासम्मका विद्यार्थी चिसोका कारणले विद्यालय जान नै सकेका छैनन् ।”
चिसोका कारणले पानीको धारा जम्ने र बग्ने पानी पनि जम्न थालेको तिलागुफा नगरपालिका–४ राँचुलीका स्थानीय नरबहादुर शाहीले जानकारी दिए । “खानेपानीका धारामा पनि पानी जम्न थालेका छन्”, उनले भने, “खोला तथा नदीमा पनि चिसोका कारणले पानी जम्ने गरेको छ ।”
कालिकोटमा हुस्सु र हावा अत्यधिक चल्ने गरेकाले चिसो बढेको खाँडाचक्र नगरपालिका–२ का अनिपाल विकले जानकारी दिए । “पानी परेको छैन, हावा र हुस्सु लाग्ने हुँदा चिसो निकै बढेको छ”, उनले भने, “चिसोले यहाँको जनजीवन निकै असहज बनेको छ ।” अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालय कालिकोटले नागरिकलाई सचेत रहन सार्वजनिक सूचना जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण