इजरायली उल्लङ्घनविरुद्ध प्यालेस्टाइनले कानुनी कारवाही जारी राख्ने

प्यालेस्टाइन । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले इजरायली सरकारबाट भएका कानुनी उल्लङ्घनको जवाफ दिन प्यालेस्टाइनीले अन्तर्राष्ट्रिय कानुनअनुसारका वैधानिक उपाय अपनाउने बताएका छन् । साथै उनले कानुनी कारबाही पनि जारी राख्ने बताएका छन् । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरमा गरेको प्रवेशलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारले घोषणा गरेको नयाँ नीतिको कार्यान्वयनको सुरुवात भएको टिप्पणी गर्दै राष्ट्रपति अब्बासले इजरायलको आलोचना गरे ।
प्यालेस्टाइनको कार्यकारी समितिको रमल्लाहमा भएको बैठकमा राष्ट्रपति अब्बासले इजरायली मन्त्री बेनगभिरको भ्रमणबाट खतरनाक परिणाम आउनसक्ने चेतावनी दिँदै अरब लिग परिषद् र इस्लामिक सहयोग सङ्गठनको शीघ्र बैठक आह्वान हुनुपर्ने बताए । गत मङ्गबार इजरायली रक्षामन्त्री आफ्नो देशका प्रहरी र कर्मचारीको कडा सुरक्षाका बीच अलअक्सा मस्जिदको आगनमा घुमेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री प्रदीप नेपालको अवस्था अत्यन्तै नाजुक
-
डोपिङमा परेका रबाडालाई आईपीएल खेल्न अनुमति
-
बिहेका लागि बेहुलीको घरमा प्रस्थान गर्नु अघि बेहुलाको मृत्यु
-
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
-
अख्तियारले फेटा गाउँपालिकाका दुई अधिकारीसहित मिडिया हाउसविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर
-
रौतहटमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता सुरू