एयर इन्डियाको फ्लाइटमा महिलामाथि पिसाब फेरिदिने पुरुषले मागे माफी
एयर इन्डियाको फ्लाइटमा एक वृद्ध महिलामाथि पिसाब फेरिदिने व्यक्तिले माफी मागेका छन् । ती पुरुषले आफ्नी श्रीमती र छोराछोरी घटनाबाट प्रभावित नहुन् भन्दै उजुरी नगर्न महिलालाई आग्रह गरेका छन् ।
एयर इन्डियामा गुनासो आएपछि दिल्ली प्रहरीले बुधबार यस मामिलामा एफआईआर पनि दर्ता गरेको थियो । यो घटना नोभेम्बर २६ मा न्यूयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा भएको हो ।
यसबारे नागरिक उड्डयन महानिर्देशनालयले प्रतिवेदन मागेको थियो । यसैबीच, एयर इन्डियाका सीईओ क्याम्पबेल विल्सनले एयरलाइन्सका कर्मचारीहरूलाई यात्राको क्रममा कुनै दुर्व्यवहार भएमा प्राधिकरणलाई जानकारी दिन निर्देशन दिएका छन् ।
Urinating incident: Air India CEO Campbell Wilson tells staff to report any improper behaviour on aircraft
— Press Trust of India (@PTI_News) January 6, 2023
सीईओ क्याम्पबेल विल्सनले भने, ‘प्रभावित हुने यात्रीको समस्या पूर्ण रुपमा बुझ्न सक्छौँ र हामी उनको साथमा छौँ । यो घटनाबाट हामीले केही सिक्न पनि सक्छौँ ।’
‘यात्रामा हुने कुनै दुर्व्यवहार भएमा एयरलाइन्सका कर्मचारीले जतिसक्दो चाँडो प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ । भलै उनीहरुलाई घटना पूर्ण रुपमा सुल्झिसकेको छ भन्ने लागे पनि । ’
एयर इंडिया की फ़्लाइट में महिला पर पेशाब करने वाले व्यक्ति पर दिल्ली पुलिस करेगी कार्रवाई
— BBC News Hindi (@BBCHindi) January 5, 2023
पूरी ख़बर: https://t.co/XU6ZlHRg0j pic.twitter.com/GxPrq2c55y
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण