एयर इन्डियाको फ्लाइटमा महिलामाथि पिसाब फेरिदिने पुरुषले मागे माफी

एयर इन्डियाको फ्लाइटमा एक वृद्ध महिलामाथि पिसाब फेरिदिने व्यक्तिले माफी मागेका छन् । ती पुरुषले आफ्नी श्रीमती र छोराछोरी घटनाबाट प्रभावित नहुन् भन्दै उजुरी नगर्न महिलालाई आग्रह गरेका छन् ।
एयर इन्डियामा गुनासो आएपछि दिल्ली प्रहरीले बुधबार यस मामिलामा एफआईआर पनि दर्ता गरेको थियो । यो घटना नोभेम्बर २६ मा न्यूयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा भएको हो ।
यसबारे नागरिक उड्डयन महानिर्देशनालयले प्रतिवेदन मागेको थियो । यसैबीच, एयर इन्डियाका सीईओ क्याम्पबेल विल्सनले एयरलाइन्सका कर्मचारीहरूलाई यात्राको क्रममा कुनै दुर्व्यवहार भएमा प्राधिकरणलाई जानकारी दिन निर्देशन दिएका छन् ।
Urinating incident: Air India CEO Campbell Wilson tells staff to report any improper behaviour on aircraft
— Press Trust of India (@PTI_News) January 6, 2023
सीईओ क्याम्पबेल विल्सनले भने, ‘प्रभावित हुने यात्रीको समस्या पूर्ण रुपमा बुझ्न सक्छौँ र हामी उनको साथमा छौँ । यो घटनाबाट हामीले केही सिक्न पनि सक्छौँ ।’
‘यात्रामा हुने कुनै दुर्व्यवहार भएमा एयरलाइन्सका कर्मचारीले जतिसक्दो चाँडो प्राधिकरणलाई जानकारी गराउनु पर्नेछ । भलै उनीहरुलाई घटना पूर्ण रुपमा सुल्झिसकेको छ भन्ने लागे पनि । ’
एयर इंडिया की फ़्लाइट में महिला पर पेशाब करने वाले व्यक्ति पर दिल्ली पुलिस करेगी कार्रवाई
— BBC News Hindi (@BBCHindi) January 5, 2023
पूरी ख़बर: https://t.co/XU6ZlHRg0j pic.twitter.com/GxPrq2c55y
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
-
आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत
-
जब तमिल सुपरस्टार स्टेजमै बेहोस भए...
-
भारत–पाकिस्तान हात हालाहालको स्थिति नआओस् भनेर हामीले पनि भन्यौँ : प्रधानमन्त्री ओली
-
४० वर्षदेखि टर्कीमा जारी सशस्त्र संघर्ष अन्त्य गर्ने पीकेकेको घोषणा
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन