मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
उपत्यकामा बढ्यो वायु प्रदूषण (फोटो फिचर)

उपत्यकामा बढ्यो वायु प्रदूषण (फोटो फिचर)

शनिबार, २३ पुस २०७९

हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण पनि दिन प्रतिदिन बढिरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । यसरी चिसो मौसममा बढी प्रदूषण हुँदा धूम्रपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् । 

प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयाघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छन् । यो बेलामा मानिसहरू आफैँले बुझेर पनि वातावरणको सरसफाइमा ध्यान दिनुपर्ने हो । आम मानिसहरूलाई यसको प्रवाह छैन, जस कारण पनि अहिले वायु प्रदूषण काठमाडौँसहित देशका विभिन्न सहरमा खतरा बन्दै गएको छ । 

काठमाडौँ उपत्यकामा यति बेला वायु प्रदूषण बढेको छ । नदी, सडक र गल्लीहरूमा सरसफाइ हुन सकेको छैन । जस कारण पनि यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परिरहेको छ । वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ । अझै पनि सर्वसाधारण नागरिकहरू नै यसमा चनाखो भएर वातावरण सरसफाइमा नलाग्ने हो भने वायु प्रदूषणले झनै खतराको तह पार गर्ने निश्चित छ । 

सबैभन्दा पहिला जथाभाबी  फोहोर फाल्ने बानी हटाउनु पर्छ । नदीनाला, सार्वजनिक जग्गा, सडकहरूमा फोहोर फाल्ने बानी हटाउन सके मात्रै पनि केही मात्रामा प्रदूषणलाई कम गर्न सकिन्छ । वायु प्रदूषणलाई रोक्न पुराना र थोत्रा सवारी साधनहरूको प्रयोगमा पनि नियन्त्रण गर्न जरुरी छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया