चार गजल
१●
दुनियाँ भन्छ उनी फँसेको भनेर,
प्रेम छुट्यो म खाडी पसेको भनेर ।
बल ठान्यौ लात्ती हान्यौ मेरो मनमा,
पत्तो पाईनौँ त्यही मनमा बसेको भनेर ।
छोड्यो संसार नभन्नु आँसु झर्न सक्छ,
सुनाऊ खबर खरानी घसेको भनेर ।
मन दुख्न सक्छ, नसुनाई दिनु होला,
चिनो मफलर घाँटीमा कसेको भनेर ।
दुई वटा चिता बनाउनु पर्छ फेरि,
नभन्नु आमालाई छोरा खसेको भनेर ।
२●
रक्सीमा अछूत हुनुको वेदना पिएको हुँ
प्रेमिकाको आफ्नाहरूबाट कुटिएको हुँ ।
बास्ना नखोज म मा सुगन्ध छर्न सक्दिन,
नफक्रिदै फूलको डालीबाट चँुडिएको हुँ ।
३३ केजी सुन आएको विमानस्थलबाट,
तीन पोका मिठाईसहित म पक्रिएको हुँ ।
सल्टाऊन ऋण बदलामा ऊ मागी रह्यो,
साहुको मान्छेलाई नै छोरी दिएको हुँ ।
खरदारले सुनायो अख्तियारमा पर्ने बेला,
महँगीले च्यापेर मैले घुस लिएको हुँ ।
३●
लैजान्छु मेरो घर मैले सोचेकै छैन
लेखौली पौडेल थर मैले सोचेकै छैन ।
गफ दिए जस्तो सहज छैन जीवन
होला र सँगै सफर, मैले सोचेकै छैन ।
चाहना हुकुमको एक्का पत्ति तान्ने
तिमीमै छ यो नजर, मैले सोचेकै छैन ।
हर समय नदीको साथ भए जस्तो
हुन सक्छौ र बगर मैले सोचेकै छैन ।
जोडौँ घरबार भन्ने तिम्रो प्रस्तावको
पाउँछौ शुभ खबर मैले सोचेको छैन ।
४●
थाहा भयो, भन्छिन् हजुरकै भर छ भनेर ।
कसरी भनु लैजान जातको डर छ भनेर
आजभोलि मेरो, नजिक आउनै खोज्दैनन्,
लाग्दो हो आफन्तलाई गरिबी सर्छ भनेर ।
फुल पुरै पाठ पढ्ने दिन, सायद ऊ स्कुल गईन,
बुझिन फुल एकदिन ओइलिएर झर्छ भनेर ।
परिवारको एक मात्र, आशाको केन्द्र हुँ म,
नभन तिम्रा लागि बाआमा भुल्न पर्छ भनेर ।
धरहरा चढ्नेहरू, कर्णाली पनि हेर्दिनुहोस्,
सिटामोल बिना मान्छे कसरी मर्छ भनेर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण