दोदा नदीमा तटबन्ध निर्माण हुँदै
लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले रु पाँच करोड ९१ लाखको लागतमा दोदा नदीमा एक हजार एक सय २० सय मिटर लम्बाइको तटबन्ध निर्माण गरिरहेको छ ।
प्रशंसा भागेश्वर जेभीसँग तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भइ निर्माणकार्य अगाडि बढाइएको जनताको तटबन्ध कार्यालयका सूचना अधिकारी अरुणकुमार शाहले बताउनुभयो । उनहाँका अनुसार तटबन्ध निर्माणकार्य तीन खण्डमा हुने छ । “चालु आर्थिक वर्षभित्रै तटबन्ध निर्माणकार्य सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेका छौँ”, उनले भने, “निर्धारित समयभित्रै तटबन्ध निर्माण पूरा हुन्छ ।”
गाउँपालिकाको वडा नं ३ का वडाध्यक्ष टीकाराम चौधरीले नदीमा तटबन्ध निर्माण हुँदा बर्सेनि जग्गा कटानी भइ केही परिवार विस्थापनमा परेको र केही परिवार विस्थापनको सङ्घारमा रहेको बताए ।
“तटबन्ध निर्माण भएपछि नन्दगाउँ, कञ्ज, कस्वालगायतका चार सय परिवार नदीको जोखिमबाट जोगिन्छन्”, उनले भने, “धेरै अघिदेखि तटबन्धको माग गर्दै आएका हौँ, तटबन्ध निर्माण हुने भएपछि यस क्षेत्रका बासिन्दा खुसी छन् ।”
तटबन्ध निर्माणले थोरै क्षेत्रका बासिन्दाको नदीको बाढीबाट सुरक्षा हुने भएको उल्लेख गर्दै उहाँले गुरुयोजना बनाइ गाँउपालिका क्षेत्रमा पर्ने नदीको पूरै क्षेत्रमा तटबन्ध निर्माण गरिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण