नेपाल समाजवादी पार्टीले माओवादीसँग एकताका लागि वार्ता समिति बनाउने
काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्नका लागि वार्ता समिति बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको पार्टीको राजनीतिक समितिको बैठकले सो समिति बनाउने पार्टीका सह–अध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिएका हुन् ।
आजको बैठकमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ नाम दिइएको राजनीतिक प्रतिवेदन पेस गरेका छन् । डा. भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको पनि श्रेष्ठले जानकारी दिए । उनले बैठकले नेकपा ९माओवादी केन्द्र० सँग पार्टी एकता गर्नका लागि वार्ता समिति बनाउने र सो समितिलाई माओवादी केन्द्र लगायतका अन्य पार्टीहरूसँग पनि एकता तथा ध्रुवीकरण गर्नका लागि छलफल र प्रयास गर्न अधिकार दिइने स्पष्ट पारे ।
उनले भने, ‘हामीले एउटा दस्ताबेज बनाएका छौँ । खासगरी समाजवादी ध्रुवीकरणको आवश्यकता । यो विषयमा एउटा दस्ताबेज छ र त्यो दस्ताबेजमा हामीले पाँचवटा खण्डहरू राखेका छौँ । र त्यो दस्ताबेजमा हामीले नयाँ शक्ति पार्टी निर्माण गरेर यहाँसम्म आउँदाखेरि के आरोह अवरोहरु पार गर्यौँ, के उपलब्धि भयो ? के क्षति भयो त्यसको विषयमा हामीले समीक्षा गरेका छौँ । दोस्रो, निर्वाचनको समीक्षा पनि गरेका छौँ । र अब समाजवादी ध्रुवीकरण किन आवश्यक छ ? त्यो विषयमा पनि हामीले जोड दिएर दस्ताबेजमा उल्लेख गरेका छौँ । अब कसरी जाने भन्ने पनि त्यसमा उल्लेख छ । अर्थात् यो दस्ताबेजले नै सबै एजेन्डाहरू समग्रमा बोकेको छ । यो दस्ताबेज बाहेक हामीले एउटा मात्रै एजेण्डा संगठन कार्य विभाजनको बारेमा राखेका छौँ । भोलिसम्म हामी एउटा निष्कर्षमा पुग्छौँ । समाजवादी ध्रुवीकरण भनेकै वास्तवमा यो अहिले पार्टी एकतासँग सम्बन्धित कुरा हो । हामी यो बैठकको अन्त्यसम्म पुग्दा खेरी मुख्यतः नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता सम्पन्न गर्नको लागि एउटा वार्ता समिति पनि बनाउँछौँ । त्यसले अरू अरू पार्टीहरू सँग पनि समाजवादी ध्रुवीकरणको लागि आवश्यक छलफल, बहस र पहलरप्रयत्न गर्नका लागि एउटा अधिकारसहितको त्यो निर्णय गर्छौँ ।’
अध्यक्ष भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनलाई पाँच खण्डमा विभाजन गरिएको छ । प्रारम्भ, पार्टी निर्माणका ७ वर्ष एक सिंहावलोकन, संघ र प्रदेशको निर्वाचन २०७९ संक्षिप्त समीक्षा, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र आगामी कार्ययोजना गरी पाँच खण्डमा विभाजन गरिएको हो । आगामी कार्ययोजना अन्तर्गत राजनीतिक काम, संगठनात्मक काम, प्रचारप्रसारको काम र आन्दोलन तथा अभियानको कामको योजना प्रतिवेदनमा उल्लेख भएको छ । सह–अध्यक्ष श्रेष्ठले बैठक सोमवार९भोलि० सम्म चल्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण