सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलो परीक्षण उडान सफल

आइतबार, २४ पुस २०७९, १७ : ११
आइतबार, २४ पुस २०७९

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलो पटक परीक्षण उडान सफल भएको छ । आइतवार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको नाइन. एन–ए. एल. ओ  जहाज रेसुङ्गा विमानस्थलमा अवतरण भएको हो । 

डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भई उडान भएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । उक्त जहाज काठमाडौँबाट गुल्मी विमानस्थलमा ५० मिनेटको समयमा पुगेको प्राधिकरणले जनाएको छ । 

आइतवार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।  

डेमो उडानका अवसरमा आज रेसुङ्गा नगरपालिकामा बिदासमेत दिइएको थियो । जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी, नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री लगायत सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप