गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलो परीक्षण उडान सफल
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलो पटक परीक्षण उडान सफल भएको छ । आइतवार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको नाइन. एन–ए. एल. ओ जहाज रेसुङ्गा विमानस्थलमा अवतरण भएको हो ।
डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भई उडान भएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । उक्त जहाज काठमाडौँबाट गुल्मी विमानस्थलमा ५० मिनेटको समयमा पुगेको प्राधिकरणले जनाएको छ ।
आइतवार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
डेमो उडानका अवसरमा आज रेसुङ्गा नगरपालिकामा बिदासमेत दिइएको थियो । जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी, नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण