शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पब्जी विश्वकपमा नेपालको डीआरएस उपविजेता

आइतबार, २४ पुस २०७९, २२ : १०
आइतबार, २४ पुस २०७९

काठमाडौँ । ई–स्पोर्ट्स प्रतियोगिता पब्जी विश्वकपमा नेपालको टिम डीआरएस उपविजेता बनेको छ । इन्डोनेसियामा आयोजना भएको विश्वकपको उपाधि टर्कीको एसटूजीले हात पार्दा नेपालको डीआरएस दोस्रो भएको हो । 

उपविजेता बनेको डीआरएसले २ लाख अमेरिकी डलर अर्थात् २ करोड ६५ लाख नेपाली रुपैया बराबरको पुरस्कार पाएको हो ।  डीआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टराई छन् ।

नेपालको अर्को टिम टीटूकेले १३ औं स्थान हासिल गरेको छ । टीटूकेले पनि २५ हजार अमेरिकी डलर पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप