सिबिफिनको अध्यक्षमा पुनः गोल्यान निर्वाचित
काठमाडौँ । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पुनः पवन गोल्यान निर्वाचित भएका छन् । आइतबार राजधानीमा सम्पन्न परिसंघको तेस्रो साधारणसभाले गोल्यानलाई दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो ।
व्यवसायी समेत रहेका गोल्यान एनएमबी बैंकका अध्यक्ष हुन् । यस्तै, परिसंघको बरिष्ठ उपाध्यक्षमा भोज बहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजन सिंह भण्डारी, कोषाध्यक्षमा तुल्सिराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा उपेन्द्र पौडेल, लिला प्रकाश सिटौला, उपेन्द्र केशरी न्यौपाने, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित भएका छन् । १५ सदस्यीय कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण