७० सांसदको समर्थनमा जम्कट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने, एकीकृत समाजवादीको पनि समर्थन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलको पक्षमा ७० जना सांसदको समर्थन जुटेको छ । जम्कट्टेललाई एमाले, माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका सांसदहरूले समर्थन गर्ने भएका हुन् ।
सोमबार हेटौडामा भएको छलफलपछि जम्कट्टेलको पक्षमा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सरकारलाई समर्थन गर्न सहमत भएका हुन् । यो सँगै ७० सांसदको हस्ताक्षरसहित जम्कट्टेल २ बजे मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको जाँदै छन् ।
११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ । एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद छन् भने नेकपा एकीकृत एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टी २ जोडिदा जम्कट्टेलको पक्षमा समर्थन गर्ने सांसद ७० पुगेका हुन् । हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य र एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले जम्कट्टेललाई समर्थन गर्न हस्ताक्षर गरिसकेको र २ बजे आफूहरू पनि प्रदेश प्रमुखकोमा जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण