सुदूरपश्चिमका मुख्यमन्त्री रावलको पहिलो निर्णय : ‘शासकीय सुधार’
बिहीबार, २८ पुस २०७९, १७ : ५६
धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शासकीय सुधार गर्नु आफ्नो पहिलो निर्णय रहेको बताएका छन् ।
मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले आफ्नो पहिलो निर्णय शासकीय सुधार गर्ने रहेको प्रतिक्रिया दिएका हुन् ।
मुख्यमन्त्री रावलले शासकीय सुधार गर्न कार्यदल गठन गरेका छन् । उनले मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामूलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा शासकीय सुधार योजना कार्यदल गठन गरेका हुन् ।
सबै मन्त्रालयका सचिवहरू सदस्य रहेको कार्यदललाई ७ दिनभित्र प्रतिवेदन तयार पार्न समेत मुख्यमन्त्री रावलले निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण