सौरभको ‘अगस्त्य’मा भित्रिए सौगात
निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल स् अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ । माघे संक्रान्तिको अवसर पारेर आइतबार एक पोस्टर जारी गर्दै निर्माण युनिटले फिल्ममा सौगात मल्लको अभिनय रहने जानकारी गराइएको हो । ‘मिस्टर भर्सटायल’को ट्याग दिइएको सौगात पोस्टरमा एक कुकुरका साथमा स्टाइलिस लुक्समा फिचर छन् । फिल्ममा उनी अगस्त्यको भूमिकामा रहनेछन् ।
फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । उनी स्वयंको लेखन रहेको फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । राजेश श्रेष्ठको काँधमा फिल्म खिच्ने जिम्मेवारी छ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ ।
फिल्ममा नेपालीसँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहनेछ । निर्देशकसहितको टिम चाँडै भारतीय कलाकारसँग कागजी सम्झौता गर्न मुम्बई प्रस्थान गर्ने तयारीमा छ । दुई श्रृंखलामा निर्माण हुन लागेको फिल्मको दुवै पार्टको स्क्रिप्ट तयार भैसकेको छ । आगामी बैशाखबाट छायांकन सुरु गर्ने तयारी गरिएको फिल्म एक्सन प्रधान रहने निर्देशक चौधरीले जानकारी दिए ।
उनी ‘अगस्त्य’लाई उत्कृष्ट बनाउन आफूले विगत दुई वर्षपछि अथक मिहिनेत गरिरहेको बताउँछन् । यो फिल्मलाई उनले आफ्नो ‘डू एन्ड डाई’को रुपमा लिएका छन् । त्यस्तै, निर्माता प्रकाश मल्लले कथावस्तु सुनेपछि फिल्म निर्माणका लागि सहर्ष राजी भएको बताउँदै फिल्म स्तरीय बन्ने विश्वास व्यक्त गरे । हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट फिल्मको शीर्षक जुराइएको हो ।
प्गदभच
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा ४ दल मिलेर सरकार गठन गर्ने, मुख्यमन्त्रीमा सहमति हुन बाँकी
-
नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्रका पूर्वजवान पक्राउ
-
मधेस प्रदेश : एमाले र माओवादी केन्द्रद्वारा समर्थन फिर्ता, जसपा नेपाललाई झट्का
-
'श्रीलङ्काको जिडिपी ३ प्रतिशतले वृद्धि हुन्छ'
-
एपीएफ क्लबले सजिलै हरायो कोशी प्रदेशलाई
-
एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण