सौरभको ‘अगस्त्य’मा भित्रिए सौगात
निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल स् अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ । माघे संक्रान्तिको अवसर पारेर आइतबार एक पोस्टर जारी गर्दै निर्माण युनिटले फिल्ममा सौगात मल्लको अभिनय रहने जानकारी गराइएको हो । ‘मिस्टर भर्सटायल’को ट्याग दिइएको सौगात पोस्टरमा एक कुकुरका साथमा स्टाइलिस लुक्समा फिचर छन् । फिल्ममा उनी अगस्त्यको भूमिकामा रहनेछन् ।
फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । उनी स्वयंको लेखन रहेको फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । राजेश श्रेष्ठको काँधमा फिल्म खिच्ने जिम्मेवारी छ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ ।
फिल्ममा नेपालीसँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहनेछ । निर्देशकसहितको टिम चाँडै भारतीय कलाकारसँग कागजी सम्झौता गर्न मुम्बई प्रस्थान गर्ने तयारीमा छ । दुई श्रृंखलामा निर्माण हुन लागेको फिल्मको दुवै पार्टको स्क्रिप्ट तयार भैसकेको छ । आगामी बैशाखबाट छायांकन सुरु गर्ने तयारी गरिएको फिल्म एक्सन प्रधान रहने निर्देशक चौधरीले जानकारी दिए ।
उनी ‘अगस्त्य’लाई उत्कृष्ट बनाउन आफूले विगत दुई वर्षपछि अथक मिहिनेत गरिरहेको बताउँछन् । यो फिल्मलाई उनले आफ्नो ‘डू एन्ड डाई’को रुपमा लिएका छन् । त्यस्तै, निर्माता प्रकाश मल्लले कथावस्तु सुनेपछि फिल्म निर्माणका लागि सहर्ष राजी भएको बताउँदै फिल्म स्तरीय बन्ने विश्वास व्यक्त गरे । हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट फिल्मको शीर्षक जुराइएको हो ।
प्गदभच
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण