सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

विमान दुर्घटनास्थलमा पुगे मुख्यमन्त्री अधिकारी

आइतबार, ०१ माघ २०७९, १२ : ०७
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी यति एयरको विमान दुर्घट्नास्थल पुगेका छन् ।  १०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो । एएनसी एटीआर ७२ उक्त विमान क्याप्टेन कमल केसीले उडाएका थिए ।

विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेको बताइएको छ । खोँचमा दुर्घटना भएकाले उद्दारमा समेत समस्या भएको छ । दुर्घटनापछि जहाजमा आगो लागेको छ भने धुँवाको मुस्लो देखिन्छ । घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप