मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टम सुरु

पहिचान भएका र विदेशीको शव  काठमाडौँ पठाइँदै
सोमबार, ०२ माघ २०७९, ११ : २९
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव पोस्टमार्टम गर्न थालिएको छ । पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा शव पोस्टमार्टम गर्न थालिएको गण्डकी प्रदेशका डिआइजी रामदत्त जोशीले रातोपाटीलाई बताए ।   

सनाखत भएको शव पोस्टमार्टम गरेर अस्पतालबाटै आफन्तलाई जिम्मा लगाइने डिआइजी जोशीले जानकारी दिए । ‘सनाखत भएको शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाउँछौँ’ डिआइजी जोशीले भने–‘शव पोस्टमार्टम सुरु भएको छ ।’ 

पहिचान भएका र विदेशीको शव काठमाडौँ ल्याइँदै छ । घटनास्थलबाट सङ्कलन गरिएका मध्ये ३ वटा शव महिला र पुरुष पहिचान भएको छैन । सङ्कलन गरिएको ३९ शव परुषको र २५ शव महिलाको पहिचान भएको छ ।

समाचार तयार गर्दासम्म ६८ जनाको शव भेटिएको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ । अहिलेसम्म २६ शवको सनाखत भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप