विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टम सुरु
काठमाडौँ । यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव पोस्टमार्टम गर्न थालिएको छ । पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा शव पोस्टमार्टम गर्न थालिएको गण्डकी प्रदेशका डिआइजी रामदत्त जोशीले रातोपाटीलाई बताए ।
सनाखत भएको शव पोस्टमार्टम गरेर अस्पतालबाटै आफन्तलाई जिम्मा लगाइने डिआइजी जोशीले जानकारी दिए । ‘सनाखत भएको शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाउँछौँ’ डिआइजी जोशीले भने–‘शव पोस्टमार्टम सुरु भएको छ ।’
पहिचान भएका र विदेशीको शव काठमाडौँ ल्याइँदै छ । घटनास्थलबाट सङ्कलन गरिएका मध्ये ३ वटा शव महिला र पुरुष पहिचान भएको छैन । सङ्कलन गरिएको ३९ शव परुषको र २५ शव महिलाको पहिचान भएको छ ।
समाचार तयार गर्दासम्म ६८ जनाको शव भेटिएको छ । विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ । अहिलेसम्म २६ शवको सनाखत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण