लिग वानमा पीएसजी स्तब्ध
सोमबार, ०२ माघ २०७९, ११ : ४५
पेरिस । लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेनले अवे खेलमा लगातार दोस्रो हार बेहोरेको छ । आइतबार राति पीएसजी रेनसँग ०–१ गोल अन्तरले पराजित भएको हो ।
खेलको ६५ औँ मिनेटमा रेनका कप्तान हामारी ट्राओरेले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । सब्सिटिच्युट किलियान एम्बाप्पेले बराबरी गोल गर्ने सुन्दर अवसर गुमाएका थिए । पराजयसँगै शीर्ष स्थानमा पीएसजीको अग्रता ३ अंकमा खुम्चिएको छ । १९ खेलपछि पीएसजीको ४७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको लेन्सको ४४ अंक रहेको छ ।
तेस्रो स्थानमा रहेको मार्सेको ४२ अंक छ । मोनाकोले अजासियोलाई ७–१ को विशाल गोलअन्तरले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । मोनाकोसँग समान अन्तर भए पनि रेन भने पाँचौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण