आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मेला हेरेर फर्केका २ जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु

सोमबार, ०२ माघ २०७९, १६ : २९
सोमबार, ०२ माघ २०७९

बारा । गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो ।  बारा प्रहरीका अनुसार सिम्रोनगढ नगरपालिका– १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र २३ वर्षीय कासिम अन्सारीको मृत्यु भएको हो । सो दुर्घटनामा  परेर बैरियाकै २२ वर्षीय गुड्डु अन्सारी सामान्य घाइते भएका छन् ।

बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार स्थानीय तहमा लागेको मेला हेरेर घर फर्किदै गरेका उनीहरु सवार मोटरसाइकल राति ९ बजे अनियन्त्रित भइ थलहि पुलमुनि खस्न पुगेको थियो । मृतक दुवैजनाको शव थलही खोलामा फेला परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप