मेला हेरेर फर्केका २ जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु
सोमबार, ०२ माघ २०७९, १६ : २९
बारा । गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो । बारा प्रहरीका अनुसार सिम्रोनगढ नगरपालिका– १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र २३ वर्षीय कासिम अन्सारीको मृत्यु भएको हो । सो दुर्घटनामा परेर बैरियाकै २२ वर्षीय गुड्डु अन्सारी सामान्य घाइते भएका छन् ।
बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार स्थानीय तहमा लागेको मेला हेरेर घर फर्किदै गरेका उनीहरु सवार मोटरसाइकल राति ९ बजे अनियन्त्रित भइ थलहि पुलमुनि खस्न पुगेको थियो । मृतक दुवैजनाको शव थलही खोलामा फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण