जुम्लामा जीप दुर्घटना : १ को मृत्यु, ९ जना घाइते
सोमबार, ०२ माघ २०७९, १६ : ४९
सुर्खेत । जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। मृत्यु हुनेमा पातारासी गाउँपालिका १ माथाचाैरकी ४२ वर्षकी छाेर्तेन लामाकाे घटनास्थलमा मृत्यु भएको हो ।अन्य ९ जना घाइते रहेका छन्।
सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यकाल जुम्लाले जनाएको छ। जीप ब्याक गर्ने बेला सडकबाट ५० मिटर तल तिला नदीमा खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई