देउवा समूहले ‘राष्ट्रिय भेला’ बोलाउने
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला बोलाउने भएको छ । ७ प्रदेशमा प्रदेशस्तरीय भेला गरिसकेको समूहले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा शुक्रबार बसेको समूहका वरिष्ठ नेताहरूको बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरे पनि कहिले बोलाउने भन्ने तय भइसकेको छैन ।
नेता डा. प्रकाशशरण महतले समूहको १५ औँ महाधिवेशन सम्पर्क कार्यालयको २२ गते औपचारिक उद्घाटन गर्ने र त्यही बैठक बसेर राष्ट्रिय भेलाको मिति तय गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।
‘हामीले महाराजगञ्जमा भाडामा ल्याएको सम्पर्क कार्यालय २२ गते औपचारिक उद्घाटन गर्ने निर्णय गरेका छौँ । कार्यालय उद्घाटनपछि त्यही बैठक बसेर राष्ट्रिय भेलाको मिति तोक्छौ,’ डा. महतले रातोपाटीसँग भने ।
बैठकमा खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. शशांक कोइराला, रमेश लेखक, एनपी साउँद, डा.प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुंगाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेत सहितका नेताहरू उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण