अस्पतालमा आफन्तको आक्रोश : ३६ घण्टा भयो शव बुझ्न अझै कति कुर्ने ?

पोखरा । जहाज दुर्घटनाबाट आइतबार मृत्यु भएकाहरूको शव पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना जारी गर्दै शव व्यवस्थापन तथा परीक्षणको प्रक्रिया भएको जनाकारी गराएपनि मृतका आफन्तले पहिचान भएका शवलाई दिनुपर्ने भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनीहरूले संघ सरकारलाई देखाउँदै शव हस्तान्तरणमा ढिलाइ गरेको भन्दै आक्रोशित बनेका हुन् । शव बुझ्न सोमबार बिहान ९ बजे बोलाएपनि अझै विभिन्न बहनामा शव नदिएको भन्दै आफन्तहरू आक्रोशित भएका हुन् ।
एक आफन्तले भने, '९ बजे भनेका अहिले कति बज्यो ? दुखमाथि दुःख दिने । पिडामाथि पीडा थपिएको छ । कोही प्रेसरको औषधी खान्छन् । कसैलाई यतातिर ध्यान गएको छ ?'
हालसम्म ६८ वटा शव प्रतिष्ठानमा आइपुगेको सूचनामा उल्लेख छ । पहिचान खुलेको नखुलेको छुट्टाछुट्टै राखिने र शव परीक्षण गर्दै क्रमशः आफन्तको जिम्मा लगाइने प्रतिष्ठानका निर्देशक भरतबहादुर खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक विमानलाई पाकिस्तानी रक्षामन्त्रीको सुझाव– पाकिस्तानको आकाश प्रयोग नगर्नू
-
भारत–पाकिस्तान युद्ध तत्काल रोक्न माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)
-
एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप
-
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ : मीना यादव
-
‘चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने’
-
देवानगञ्ज : कृषि क्रान्तिको भूमि, जहाँ एक कट्ठा जमिन पनि छैन बाँझो