रेडपाण्डाको अनुसन्धान गर्न विदेशी टोली जुम्लामा
जुम्ला । रेडपाण्डाको अनुसन्धान गर्न बेलाबखत विदेशी टोली जुम्लामा पुग्ने गरेको छ। गत मंसिर पहिलो साता फ्रान्सेली नागरिक हेलन अलारी नेतृत्वको टोली रेडपाण्डा अनुसन्धान गर्नका लागि जुम्ला पुगेको थियो।अलारी नेतृत्वको तीन जनाको टोलीले रेडपाण्डाको बासस्थान हुनसक्ने जंगलमा पुगेर अनुसन्धान गरेको थियो। दुई दिन तातोपानी ८ स्थित नदै सामुदायिक वनमा अनुसन्धानमा बिताएको टोलीले रेडपाण्डा फेला पार्न सकेको थिएन, तर रेडपाण्डाको दिसा र बस्ने रुखको टोड्काहरु फेला पारेको थियो।
उनीहरुको अनुसन्धान अनुसार जुम्लामा पर्याप्त रेडपाण्डा छ भन्ने बुझिएको छ । फ्रान्समै चिडियाखाना समेत खोलेर बसेका उनीहरु जुम्लामा पाइने रेडपाण्डाको अनसुन्धान गरेर त्यस्तै खालको संरचना निर्माण गर्ने तरखरमा छन् । रुखका टोड्काहरुमा रेडपाण्डा कसरी बस्छ ? खाने कुरा के के खान्छ जस्ता विषयमा उनीहरुको अनुसन्धान केन्द्रित थियो ।
जुम्ला रेडपाण्डा हुन सक्ने उच्च सम्भावना भएको जिल्ला हो । संरक्षण क्षेत्र पनि निकै राम्रो लाग्यो । तर रेडपाण्डाको महत्त्व बुझ्न नसक्दा समस्या देखियो।फ्रान्सको यही टोली सन् २०२१ पनि जुम्लामा पुगेको थियो । उतिबेला सिंजाको वडाथुम सामुदायिक वनमा पुगेको थियो । हेलन नेतृत्वको टोली एक उदाहरण मात्र हो । रेडपाण्डाको अध्ययन अनुसन्धान गर्न कैयौं विदेशीहरु आउने गरेका छन् । तर आँगनकै सरकार भनिएको स्थानीय सरकारले कुनै चासो दिन भने सकेको छैन। रेडपाण्डा नेटवर्क चलाएर बसेका विज्ञहरु पटकपटक जुम्ला आइरहेका हुन्छन् । उनीहरु जंगलमा पुगेर रेडपाण्डाको अवस्था अवलोकन गरेर फर्कन्छन् ।
स्थानीयसँग रेडपाण्डाको अवस्था र संरक्षण गर्न चालिएका कदमका विषयमा गहिरो चासो राख्छन् । रेडपाण्डाको विषयमा वन डिभिजन कार्यालयमा ओजेटी गर्न आउने विद्यार्थीहरु त झनै चासोपूर्वक अध्ययन गरिरहेका हुन्छन् । सन् २०१७ मा हातेमालो सेवा समाज र रेडपाण्डा नेटवर्कले जिल्लाको १ नगरपालिकासहित ७ वटै गाउँपालिकामा रेडपाण्डाको अनुसन्धान गरेको थियो । हरेक सम्भावित जंगलमा पुगेर गरिएको अनुसन्धानले जुम्लामा रेडपाण्डा प्रसस्त भेटिन सक्ने देखायो ।
रेडपाण्डाको दिसा र रेडपाण्डा बस्ने रुखका टोड्काहरु फेला पारेको थियो । हातेमालो सेवा समाजका अध्यक्ष टेकबहादुर रोकायाले रेडपाण्डा जिल्लाको सबै क्षेत्रमा पाइने बताए । अध्यक्ष रोकायाका अनुसार सन २०२१ मा महारुद्र सामुदायिक वन पटमारा र २०२२ मा नदै सामुदायिक वन तातोपानीमा रेडपाण्डा भेटिएको थियो । जसले पनि जुम्लाका जंगलहरुमा रेडपाण्डा पाइन्छ भन्ने प्रमाणित हुने उनको दाबी छ।
यद्यपि रेडपाण्डाको संख्या भने यकिन गर्न सकिएको छैन । रेडपाण्डा नेटवर्कले अहिले हरेक सामुदायिक वनमा वन अभिभावक राखेका छन् । एउटा सामुदायिक वनमा दुई जना वन अभिभावक खटिन्छन् । उनीहरु जंगल जोगाउने र रेडपाण्डाको चालचलन र अवस्था अवलोकन गरिरहन्छन् ।
वर्षमा ४ पटक जंगल क्षेत्रमा पुगेर अध्ययन गर्ने वन अभिभावकमा दुई जना महिला छन् । उनीहरु संरक्षित क्षेत्रको अवलोकनका साथै रेडपाण्डाको चोरी सिकारीका बारेमा समेत जानकारी लिन्छन् । रेडपाण्डा चिनाउने होमस्टे सञ्चालनमा पछिल्लो समय रेडपाण्डा बचाउनका लागि भन्दै पातारासीको पटमारामा होमस्टे सञ्चालनमा छन् । त्यहाँ रेडपाण्डाको बारेमा हरेक नयाँ अतिथिलाई ब्रिफिङ गरिन्छ । ६ जना महिला मिलेर बनाएको होमस्टेमा रेडपाण्डाको चर्चा हुन्छ ।
रातो हाब्रेको नामले चिनिने रेडपाण्डाको बासस्थान विनाश, चोरी सिकारीका घटनाका कारण पनि संकटमापरेको संरक्षकहरूको चिन्ता छ। विज्ञहरूका अनुसार उच्च पहाडी क्षेत्रका वनमा पाइने रेडपाण्डाको आयु ८ देखि १० वर्षसम्म हुने गरेको छ । पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म रेडपाण्डाको गर्भाधान हुने महिनाको रुपमा लिइन्छ । रेडपाण्डालाई पर्यटन प्रवर्द्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्त्वपूर्ण वन्यजन्तु मानिएकाले यसको संरक्षणमा स्थानीय सरकार लाग्नुपर्नेमा संरक्षकहरूले जोड दिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण