सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेड किन्ने दौडमा सर र्‍याटक्लिफको औपचारिक प्रवेश

बुधबार, ०४ माघ २०७९, १२ : १५
बुधबार, ०४ माघ २०७९

म्यानचेस्टर । बेलायती अर्ब सर जिम र्‍याटक्लिफको कम्पनी इनेओसले म्यानचेस्टर युनाइटेडलाई खरिद गर्ने दौडमा औपचारिकरुपमा प्रवेश गरेको छ । युनाइटेडका मालिक ग्लेजर परिवारले गत नोभेम्बरमा आफूहरुले क्लब बिक्री गर्न चाहेको बताउँदै विभिन्न विकल्पहरुबारे अध्ययन गरिरहेको बताएको थियो । ग्लेजर परिवारले सन् २००५ मा क्लब खरिद गरेको थियो ।

कम्पनी क्लब खरिदको प्रक्रियामा औपचारिकरुपमा प्रवेश गरेको इनेओसले बताएको छ । यसअघि र्याटक्लिफले अर्को प्रिमियर लिग क्लब चेल्सी पनि खरिद गर्ने असफल प्रयास गरेका थिए । रोमन अब्रामोविचले लण्डन क्लबलाई बिक्री राखेपछि उनले गरेको ४।२५ अर्ब पाउन्डको अफर अस्वीकृत भएको थियो ।

ग्रेटर म्यानचेस्टरको फेल्सवोर्थमा जन्मिएका र्‍याटक्लिफ सानैदेखि युनाइटेडका फ्यान रहेका थिए । उनी बेलायतको सबैभन्दा धनी व्यक्ति मध्ये एक हुन् । फ्रान्समा निस र स्वीटजरल्याण्डमा लाउसेन क्लब इनेओसको स्वामित्वमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप