युनाइटेड किन्ने दौडमा सर र्याटक्लिफको औपचारिक प्रवेश
म्यानचेस्टर । बेलायती अर्ब सर जिम र्याटक्लिफको कम्पनी इनेओसले म्यानचेस्टर युनाइटेडलाई खरिद गर्ने दौडमा औपचारिकरुपमा प्रवेश गरेको छ । युनाइटेडका मालिक ग्लेजर परिवारले गत नोभेम्बरमा आफूहरुले क्लब बिक्री गर्न चाहेको बताउँदै विभिन्न विकल्पहरुबारे अध्ययन गरिरहेको बताएको थियो । ग्लेजर परिवारले सन् २००५ मा क्लब खरिद गरेको थियो ।
कम्पनी क्लब खरिदको प्रक्रियामा औपचारिकरुपमा प्रवेश गरेको इनेओसले बताएको छ । यसअघि र्याटक्लिफले अर्को प्रिमियर लिग क्लब चेल्सी पनि खरिद गर्ने असफल प्रयास गरेका थिए । रोमन अब्रामोविचले लण्डन क्लबलाई बिक्री राखेपछि उनले गरेको ४।२५ अर्ब पाउन्डको अफर अस्वीकृत भएको थियो ।
ग्रेटर म्यानचेस्टरको फेल्सवोर्थमा जन्मिएका र्याटक्लिफ सानैदेखि युनाइटेडका फ्यान रहेका थिए । उनी बेलायतको सबैभन्दा धनी व्यक्ति मध्ये एक हुन् । फ्रान्समा निस र स्वीटजरल्याण्डमा लाउसेन क्लब इनेओसको स्वामित्वमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण