दोस्रो स्थानमा उक्लिने मौका गुमायो युनाइटेडले
लण्डन । खेलको अन्तिम समयमा क्रिस्टिल प्यालेसका माइकल ओलिसेले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि म्यानचेस्टर युनाइटेड बराबरी खेल्न बाध्य भएको छ । बुधबार राति १–१ को बराबरीमा रोकिएसँगै युनाइटेडले प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि गुमाएको हो ।
खेलको ४३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेड लगातार १० औँ जिततर्फ अग्रसर रहेको थियो । तर, नाटकीय रूपमा खेलको इन्जुरी समयमा गोल फर्काएपछि युनाइटेड अङ्क बाँड्न बाध्य बन्यो । बराबरीपछि युनाइटेडले न्युक्यसललाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
तर, चिरप्रतिद्वन्द्वी म्यानचेस्टर सिटीभन्दा चाहिँ अझै पछि परेको छ । एक खेल कम खेलेको सिटीले बिहीबार घरेलु मैदानमा टोटनहम हटस्पर्सको सामना गर्नेछ । १८ खेलपछि सिटीको ३९ अङ्क रहेको छ भने एक खेल बढी खेलेको युनाइटेडको समान अङ्क रहेको छ । ४७ अङ्कसहित आर्सनल लिगको शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण