दोस्रो स्थानमा उक्लिने मौका गुमायो युनाइटेडले

लण्डन । खेलको अन्तिम समयमा क्रिस्टिल प्यालेसका माइकल ओलिसेले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि म्यानचेस्टर युनाइटेड बराबरी खेल्न बाध्य भएको छ । बुधबार राति १–१ को बराबरीमा रोकिएसँगै युनाइटेडले प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि गुमाएको हो ।
खेलको ४३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेड लगातार १० औँ जिततर्फ अग्रसर रहेको थियो । तर, नाटकीय रूपमा खेलको इन्जुरी समयमा गोल फर्काएपछि युनाइटेड अङ्क बाँड्न बाध्य बन्यो । बराबरीपछि युनाइटेडले न्युक्यसललाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
तर, चिरप्रतिद्वन्द्वी म्यानचेस्टर सिटीभन्दा चाहिँ अझै पछि परेको छ । एक खेल कम खेलेको सिटीले बिहीबार घरेलु मैदानमा टोटनहम हटस्पर्सको सामना गर्नेछ । १८ खेलपछि सिटीको ३९ अङ्क रहेको छ भने एक खेल बढी खेलेको युनाइटेडको समान अङ्क रहेको छ । ४७ अङ्कसहित आर्सनल लिगको शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली उत्पादनको निर्यात प्रवर्द्धन हुने गरी बजेटमा सम्बोधन हुनुपर्छ : अध्यक्ष ढकाल
-
१० बजे १० समाचार : रवीन्द्र मिश्रलाई राहतदेखि छवि र रविको मुद्दा हेर्दाहेर्दैमासम्म
-
आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद
-
एकापसमा भिड्दै ‘के घर के डेरा : घर नं. २’, ‘हेल्लो काँशीराम’ र ‘फाइनल डेस्टिनेसन’
-
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको पहिलो निधन
-
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री